विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

असोज महिनाको लागि केहि बैंकले ब्याजदर घटाए, केहीले बढाए, कुन बैकको ब्याजदर कति हेर्नुहोस

910
shares

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर तोकेका छन् । बैंकहरुले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर कायम गरेका हुन् । भदौ महिनाको तुलनामा केही बैंकहरुले ब्याजदर घटाएका छन् । नयाँ ब्याजदर अनुसार केहीले बैंकहरुले बढाएका छन् भने केहीले भदौ महिनाकै ब्याजदर यथावत राखेका छन् । नयाँ ब्याजदर अनुसार चार वटा बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । संचालनमा रहेका मध्ये ६ वटा बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् भने बाँकीले घटाएका छन् । असोज महिनामा बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम ११.०५४ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । संस्थागत तर्फ भने ९.०५४ प्रतिशत ब्याज दिने भएको हो ।

चार बैंकको ब्याजदर यथावत
असोजका लागि प्रभु, एनएमबि, माछापुच्छ्रे र सिद्धार्थ बैंकले भदौ महिनाकै ब्याजदर कायम गरेका छन् । असोजमा प्रभुले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत ब्याजदर कायम गरेको छ। यस्तै, एनएमबिले व्यक्तिगत तर्फ ९.९९ प्रशित र संस्थागत तर्फ ७.९९ प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.४९ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

७ वाणिज्य बैंकले बढाए ब्याजदर

असोज महिनाका लागि पाँच वटा बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । भदौ महिनाको तुलनामा हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड र नबिल बैंकले ब्याजदर वृद्धि गरेका छन् । हिमालयन बैंकले असोजका लागि १.०६४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । असोजमा बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । भदौको तुलनामा एभरेष्ट बैंकले पनि १.०५४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। असोजका लागि बैंकले व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०३ प्रतिशत र संस्थागत तर्फ ९.०३ प्रतिशत ब्याज दिने भएको हो । असोज महिनाका लागि प्राइम बैंकले कमर्सियल बैंकले ०.८५८ प्रतिशतले ब्याजदर बढाएको छ। बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.३५८ प्रतिशत र व्यक्तिगत तर्फ ९.३५८ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यता, नबिल बैंकले पनि भदौको तुलनामा ०.५६४ प्रतिशतले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज दिने भएको हो । यस्तै, नेपाल एसबिआईले पनि भदौ महिनाको तुलनामा ०.०१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले ०.३७ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ।

आधा दर्जन ब्याजदर घट्यो

असोज महिनाका लागि लागू ब्याजदरमा आधा दर्जन बैंकले घटाएर सार्वजनिक गरेका छन् । नेपाल बैंक, सिजिटन, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज र ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएका हुन् । भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैंकले मुद्दति निक्षेपको व्यक्तिगत तर्फ ९.२९३ प्रतिशत र संस्थागत तर्फ ७.२९३ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो । यस्तै, सिटिजन बैंकले पनि असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागत तर्फ ८.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। जुन, भदौ महिनको तुलनामा ०.८४६ प्रतिशतले घटेको हो ।

यस्तै, कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागत तर्फ ७.५ प्रतिशत र लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । यता, ग्लोबल आइएमई बैंकले ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले असोज महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागत तर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो । यस्तै, कृषि विकास बैंकले पनि ०.८९ प्रतिशत, सानिमाले ०.९५ प्रतिशतले ब्याजदर घटाएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports