विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुपन्देहीको तिलोत्तमामा मजदुरहरु बीच झडप हुँदा एक जनाको निधन

572
shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा मजदुरहरु बीच झडप हुँदा एक जनाको निधन भएको छ । झडपका क्रममा हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको निधन भएको हो । गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको हो ।

झडपमा परी काठमाडौं महानगरपालिका-१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा ९ केवलानीमा मजदूरी काम गर्दै आएका दुई पक्ष बीच सोमबार राति झडप हुँदा स्याङताङ माथि धारिलो हतियार प्रहार भएको थियो ।

मदिरा सेवन गरेका मजदुरहरु धारिलो हतियार सहित झडपमा उत्रिएका थिए । घाइतेहरुको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको स्थानीयले बताएका छन् । प्रहरीले भने यसबारेमा केही बताएको छैन । प्रहरी नायव उपरीक्षक थापाले घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports