नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार र आन्दोलनरत चिकित्सक बीच सहमति

650
shares

काठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सक बीच सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सक माथि भएका आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको छ ।

आज गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सक संघ लगायतका प्रमुख तथा प्रतिनिधिहरूबीच भएको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्ने माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

छलफलमा चिकित्सक र स्वास्थ्य संस्थामाथि जहाँ आक्रमण भएको हो, त्यहाँ कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो । गत हप्ता हेटौँडा, लमजुङ, बुटवल, धनगढी र पछिल्लो सोमबार बिहान पोखरा मणिपाल अस्पतालका चिकित्सक उपर कुटपिट भएको छ । लमजुङ नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारकै क्रममा सोमबार दिउँसो १ बजेतिर मृत्यु भएपछि सो बारे अस्पतालले समयमा नखुलाएको भन्दै आक्रोशित आफन्तले डा अनिल शाह माथि हातपात गरी अस्पताल परिसरमा तोडफोड गरिएको विषयलाई लिएर देशभरका चिकित्सक आन्दोलित थिए । साथै, आकस्मिक बाहेक सेवा ठप्प परेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports