विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानीले बालीनाली क्षति, कृषक चिन्तित

637
shares

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । दार्चुलामा हावाहुरीसहित असिना पानी परेको थियो ।

बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुर्याएको छ । कर्णाली प्रदेशमा पर्ने दैलेखको ठाटिकाँध ४ गैरागाउँमा पनि धान र कोदोमा असिना पानीले क्षति पुर्याएको फोटो सामाजिक सन्जालमा देखिन्छ । दिउँसो घाम लागे पनि बेलुका असिना पानी परेको थियो । पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ । पशुचौपायाका लागि फागलाहरुमा काटेर सुकाइएको खर पनि भिजेर नष्ट हुँदा किसान चिन्तित बनेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागलाको घाँस काटेर सुकाउने गरिन्छ ।

२८ गतेदेखि पश्चिमी वायु भारतको जम्मुकास्मिर हुँदै नेपालको दार्चुलामा प्रवेश गरेको थियो । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि दुई दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षा हुने सम्भावना नभए पनि हल्कादेखि मध्ययम वर्षाले समस्या पार्न सक्ने भएकाले पूर्व सतर्कता अपनाउनु पर्ने मौसमविदहरुको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports