linktrix Long Ad
Salt Trading Long Ad

एक दिवसिय क्रिकेट विश्व कप : साविक विजेता इंग्ल्यान्ड अफगानिस्तान सँग पराजित

611
shares

कदिवसीय विश्वकप क्रिकेटमा साविक विश्व च्याम्पियन इंग्ल्यान्ड अफगानिस्तान सँग स्तब्ध बनेको छ। पहिलो पटक अफगानिस्तानले इंग्ल्यान्डलाई पराजित गर्ने क्रममा ६९ रनको जित हासिल गर्‍यो। अफगानिस्तानले विश्वकप क्रिकेटमा लगातार १४ हार पछि पहिलो जित हासिल गरेको हो। यसअघि अफगानिस्तानले विश्वकपमा स्कटल्यान्डलाई २०१५ मा एक विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित हासिल गरेको थियो।

जारी विश्वकपमा यो इंग्ल्यान्डको दोस्रो हार हो। यसअघि न्युजिल्यान्डसँग पहिलो खेलमा इंग्ल्यान्ड पराजित भएको थियो। अफगानिस्तानले भने तेस्रो खेलमा पहिलो जित हासिल गर्‍यो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले इंग्ल्यान्ड समक्ष २ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा इंग्ल्यान्ड ४०.३ ओभरमा अलआउट हुँदै २ सय १५ रन मात्र जोड्न सक्यो। इंगल्यान्डका लागि ह्यारी ब्रुक्सले ६६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक डेविड मलानले ३२ रन बनाए। त्यस्तै अदिल रसिदले २० रन बनाउँदा मार्क वुडले १८ रन बनाए। रेसी टोप्ली १५ रनमा अविजित रहे।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका लागि मुजिव उर रहमान र रसिद खानले समान ३-३ विकेट लिए। त्यस्तै मोहम्मद नावीले २ विकेट लिंदा फजलाह फारुखी र नभिन उल हकले समान १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ८४ रन बनाएका थिए। उसका लागि रहमनुल्लाह गुर्वाजले ८० रन बनाउँदा इक्राम अलखिलीले ५८ रन बनाए। त्यस्तै इब्राहिम जद्रानले २८ रन बनाउँदा मुजिव उर रहमानले २८ तथा रसिद खानले २३ रन बनाए। अजमतुल्लाह ओमरजाईले १९ रन बनाउँदा कप्तान हसमतुल्लाह साहीदीले १४ रन बनाएका थिए।

इंग्ल्यान्डका लागि आदिल रसिदले ३ विकेट लिंदा मार्क वुडले २ तथा लियम लिभिङस्टोन, जो रुट र रेस टोप्लीले समान १-१ विकेट लिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports