सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कार्तिक १ गते बुधबार संसदबाट विश्वासको मत लिने

429
shares

बिराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने हुनुभएको छ । प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबनर मुख्यमन्त्री नियुक्त भइ आइतबार सपथ लिनुभएका कार्कीले प्रदेशसभाबाट बुधवार विश्वासको मत लिन लाग्नुभएको हो ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गर्नुभएको छ । एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेर सपथ लिएपछि विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री कार्कीलाई गठबन्धनले एमालेको समर्थनमा विश्वासको मत नलिनसमेत दबाब दिइरहेको छ । तर संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत लिन नसकेको अवस्थामा प्रदेश मध्यावधी निर्वाचनमा जाने जोखिम रहेकाले प्रदेश सांसदहरूको दबाबमा उहाँले तत्काल विश्वासको मत लिन बाध्य भएको एक प्रदेशसभा सदस्यले बताएका छन् ।

प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचन रोक्न कांग्रेसका प्रदेश सांसले गरेको विद्रोह र गठबन्धनका कारण सत्ताबाट बाहिरिनु परेको अवस्थामा पनि कांग्रेस सांसद कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेले दिएको समर्थनलाई संस्थागत गर्न प्रदेश सांसदहरूले दबाब दिएपछि उहाँ तत्काल विश्वासको मत लिने पक्षमा पुग्नुभएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports