सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारकै कारण धार्मिक र सामाजिक सदभाव बिग्रियो :अध्यक्ष कमल थापा

689
shares

काठमाडौं, २९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानूनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशिल नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन् । सोमबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौ हत्या जस्ता संविधान र कानूनले निषेध गरेको कार्य भईरहेकोप्रति सरकार संवेदनशिल हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका हुन् ।

उनले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानूनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने धारणा राखे । थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थितिप्रति सबै पक्षहरु सचेत बन्नुपर्ने बताए । त्यस्तै अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे । थापाले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमण बारे सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports