विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदमा राष्ट्रसंघका महासचिव गुटेरेसले भने तपाईहरूबाट धेरै कुरा सिकेर जाँदैछु

559
shares

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नेपालबाट आफूले धरै कुरा सिकेर जान लागेको बताएका हुन् ।

सम्बोधनमा महासचिव गुटरेसले नेपाल सरकार र नेपाली जनतालाई आत्मीय स्वागतका लागि धन्यवाद दिए । उनले भने, ‘मेरो केही दिनको बसाइँमा मैले धेरै कुरा सिकेँ । त्यो सिकेको कुरा लिएर जलवायु परिवर्तनमा तपाईंहरुको संघर्षलाई र यहाँको विकासका लागि सहयोग गर्नेछु ।’ गुटरेसले नेपालले लैङ्गिक समानतामा हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

उनले हिमालयको मनोरम दृश्य, यहाँको न्यानो आतिथ्य, सांस्कृतिक विविधता आफूलाई सधैँ याद रहेन बताए । उनले विश्वमा तनाव बढिरहेको बेला यो भेट भइरहेको बताउँदै गरिबी निवारण र भोकमरी विरुद्ध गरिएको दशकौँ लामो संघर्षलाई उल्टाउने काम भइरहेकोमा चिन्ता व्यक्त गरे । उनले इजरायल र हमासबिचको द्वन्द्व हजारौँ माइल टाढा भएपनि नेपाल यसबाट प्रभावित भएको जिकिर गरे । उनले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारहरूप्रति समवेदना प्रकट गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports