kumari
stcnepal

सूर्यलाई अर्घ दिएर आज सकियो छठ पर्व

जनकपुरधाम । चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका ब्रतालुहरु आज उदाउँदो सूर्यदेवलाई एकाविहानै अर्घ चढाएका छन् । योसंगै छठ पर्व विधिवत रुपमा सकिएको छ । चिसो मौसममा जलाशयमा बसेर करिब घण्टौंको पूजापाठ र प्रतिक्षापछि सूर्यदेव दर्शन दिए । लगत्तै छठ ब्रतालुहरु एकएक गरी पूजा सामग्री तथा प्रसाद सूर्यदेवलाई चढाए । ब्रतालुहरु अब अर्कोवर्ष पुनः पूजा गर्ने प्रण गर्दै छठी मैयाको नाममा दियो चलाउने गरिन्छ ।

छठको पहिलो दिन ुनहाय खायु, र दोस्रो दिन खरना गरेका ब्रतालुहरु हिजो अस्ताउदो सूर्यदेवलाई अर्घ चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी आज उदाउदो सूर्यदेवलाई अर्घ दिए । छठ हिन्दूहरुको एक महत्वपूर्ण पर्व हो । प्रायः सबै हिन्दूले छठ श्रद्धापूर्वक मनाउछन् । पछिल्लो समय केहि मुस्लिम समुदायले पनि छठ मनाउन थालेका छन् । त्यसैले यो साझा पर्व बन्दै गएको छ ।

मधेश प्रदेशको जनकपुरधाम र वीरगञ्जमा छठ विशेष धुमधामसंग मनाइएको छ । यहांका जलाशयहरुमा लाखौं खर्चिएर आकर्षक छठघाट बनाइएको थियो । छठ व्रत गरेमा दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने जनविश्वास छ । सन्तान प्राप्ति भएपछि कतिपय ब्रतालु आँचल अचरामा नाच गराउँछन् । कतिपयले सास्टाङ्ग प्रणाम गर्दै छठघाट पुग्छन् ।

footer