विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सूर्यलाई अर्घ दिएर आज सकियो छठ पर्व

702
shares

जनकपुरधाम । चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका ब्रतालुहरु आज उदाउँदो सूर्यदेवलाई एकाविहानै अर्घ चढाएका छन् । योसंगै छठ पर्व विधिवत रुपमा सकिएको छ । चिसो मौसममा जलाशयमा बसेर करिब घण्टौंको पूजापाठ र प्रतिक्षापछि सूर्यदेव दर्शन दिए । लगत्तै छठ ब्रतालुहरु एकएक गरी पूजा सामग्री तथा प्रसाद सूर्यदेवलाई चढाए । ब्रतालुहरु अब अर्कोवर्ष पुनः पूजा गर्ने प्रण गर्दै छठी मैयाको नाममा दियो चलाउने गरिन्छ ।

छठको पहिलो दिन ुनहाय खायु, र दोस्रो दिन खरना गरेका ब्रतालुहरु हिजो अस्ताउदो सूर्यदेवलाई अर्घ चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी आज उदाउदो सूर्यदेवलाई अर्घ दिए । छठ हिन्दूहरुको एक महत्वपूर्ण पर्व हो । प्रायः सबै हिन्दूले छठ श्रद्धापूर्वक मनाउछन् । पछिल्लो समय केहि मुस्लिम समुदायले पनि छठ मनाउन थालेका छन् । त्यसैले यो साझा पर्व बन्दै गएको छ ।

मधेश प्रदेशको जनकपुरधाम र वीरगञ्जमा छठ विशेष धुमधामसंग मनाइएको छ । यहांका जलाशयहरुमा लाखौं खर्चिएर आकर्षक छठघाट बनाइएको थियो । छठ व्रत गरेमा दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने जनविश्वास छ । सन्तान प्राप्ति भएपछि कतिपय ब्रतालु आँचल अचरामा नाच गराउँछन् । कतिपयले सास्टाङ्ग प्रणाम गर्दै छठघाट पुग्छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports