सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमपातले मनाङको जनजीवन कष्टकर

494
shares

हिमालपारिको जिल्ला मनाङमा पुनः भारी हिमपात भएको छ । सोमबारदेखि निरन्तर हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हिउँदे बिदापछि खुलेका तल्लो मनाङ र चामेका स्कुलमा पठनपाठन प्रभावित भएको छ ।

तिमाङदेखि माथिल्लो क्षेत्र सबै ठाउँमा सोमबार दिउँसो र साँझपखदेखि हिमपात भएको स्थानीयले बताएका छन् । खानेपानी पाइपमै जमेपछि समस्या भएको स्थानीय नेगम परियारले बताए ।

हिमपात र चिसोका कारण विद्यार्थी स्कुलमा आउन नसकेको चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाले बताए । उनका अनुसार विद्यालय आएका विद्यार्थीसमेत हिमपात र चिसोका कारण पढ्न मानेका छैनन् । उनले भने, ‘स्कुलको प्रांगणमा अहिले ३ देखि ४ फिटसम्म हिउँ जमेको छ ।

यसअघि परेको हिउँ नै पग्लिसकेको थिएन ।’ हिमपातका कारण एउटा कार्यालयबाट अर्को कार्यालयसम्म जान सक्ने अवस्था नरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) एकाइ कार्यालय मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालले बताए । उनका अनुसार कार्यालयका बोर्डमा समेत हिउँ थुप्रिएको छ ।

हिमपातका कारण अन्नपूर्ण क्षेत्र भ्रमणमा गएका पर्यटक होटेलबाहिर समेत निस्कन सकेका छैनन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार होटेलआसपासमा ५ इन्चसम्म हिउँ जमेको छ ।

उनले भने, ‘पर्यटक थोराङलापास हुँदै मुस्ताङ निस्कन सकेका छैनन् । केही पर्यटक बीचबाटै फर्किएका छन् ।’ उनका अनुसार दैनिक १०–१२ जना पर्यटक फर्किरहेका छन् । हिमपातका कारण उनीहरू थोराङला भञ्ज्याङ पार नगरी फर्किएका हुन् ।

‘मौसममा सुधार नभएसम्म त्यस क्षेत्रतर्फ नजान भनिएको छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘माथि हिउँ छ । तलबाट पानी बगेको छ । घाम लागेका वेला धेरै चिसो हुँदैन ।’ चामेमा पुरानो हिउँ पग्लिन नपाउँदै नयाँ हिउँ दुई फिटसम्म परेको प्रमुख जिल्ला अधिकारी देवकोटाको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports