सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत-पाकिस्तान तनावपछि नेपालबाट उड्ने जहाजको रूट परिवर्तन

429
shares

भारत र पाकिस्तानबीच बुधबार बिहानदेखि कस्मिरमा जारी तनावपछि नेपालका उडान पनि प्रभावित भएका छन्। भारतीय वायु सेनाका दुईटा जहाज खसेपछि त्यो क्षेत्रमा दुबै देशका विमानस्थलहरू बन्द गरिएका छन्।

भारत र पाकिस्तानी आकाशमा जहाज उड्न नदिएपछि नेपालबाट पश्चिम उड्ने जहाजको रूट परिवर्तन गरिएको छ। त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्री नयाँदिल्लीबाट बिहानै जम्मु कस्मिरमाथिको आकाश प्रयोग नगर्न सन्देश आएको बताए।

‘उहाँहरू सन्देश आएपछि हामीले नेपालबाट उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्स पनि त्यही सूचना पठाएका छौं,अब भारतको अहमदावादभन्दा उता यहाँबाट उड्ने जहाज जाँदैनन्,’ क्षेत्रीले भने,‘भारतले त्यसका लागि नयाँ रूट दिएको छ। उनीहरू त्यसैमा उडिरहेका छन्।’

काठमाडौंबाट टर्किस, कतार लगायतका एयरलाइन्स पाकिस्तानी आकाश भएर उडान गर्थे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports