विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत–पाकिस्तानबीच तनाव, युद्धको आशंका

715
shares

‘भारतीय समयअनुसार मंगलबार बिहान ३स्५० मा भारतीय वायुसेनाका १२ विमानले लाइन अफ कन्ट्रोल पार गरे । १२० किलोमिटरभित्र पाकिस्तानी आकाशबाटै एक हजार किलोग्राम बम बर्साए ।

सीमापार १५ मिनेट बिताएर बिहान ४स्०५ बजे स्वदेश फर्कंदासम्म उनीहरूले जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त बनाए । भारतीय वायुसेनाका मिराज २००० विमानको हमलामा कम्तीमा तीन सय ५० आतंकवादी मारिएका छन् ।’

१४ फेब्रुअरीमा कास्मिरको पुलवामामा भएको आत्मघाती हमलामा भारतीय केन्द्रीय रिजर्भ फोर्सका ४४ सुरक्षाकर्मी मारिएका थिए । पाकिस्तान संरक्षित समूह जैस ए मोहम्मदले सो आक्रमण गराएको दाबी गर्दै आएको भारतले यथाशीघ्र जवाफ दिने घोषणा गरेको थियो । पुलवामा आक्रमणको १२ दिनपछि भारतीय वायु सेनाले पाकिस्तानमा बम खसालेको हो ।

उता, भारतीय सैन्य विमान पाकिस्तानी सीमाभित्र छिरेको पुष्टि पाकिस्तानले पनि गरेको छ । तर, आक्रमण निरस्त पारिएको र आफ्नोतर्फ कुनै पनि क्षति नभएको उसको दाबी छ । ‘भारतीय वायु सेनाका जहाजले हाम्रो क्षेत्रमा प्रवेश गरेको सत्य हो, तर तत्काल हाम्रो सेनाले प्रतिकार गर्न खोज्दा उनीहरू भागे । भाग्दै गर्दा बम खसाले । उनीहरूले जंगलमा बम खसाल्दा केही रुख ढलेका छन् ।’

हवाई कारबाहीमा जैस ए मोहम्मदका कमान्डरसहित ठूलो संख्यामा लडाकु मारिएको भारतले दाबी गरेको छ । ‘भारतमा जैस ए मोहम्मद समूहले अझै आत्मघाती हमला गर्ने सूचना गुप्तचर निकायका अधिकारीले पाएका थिए । खतराको पूर्वसन्ध्यामा हमला अनिवार्य थियो,’ भारतीय विदेश सचिव विजय गोखेलले भने । मंगलबारको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैस ए मोहम्मदको सबैभन्दा ठूलो शिविर ध्वस्त पारिदिएको उनले दाबी गरे । आक्रमणमा कोही पनि सर्वसाधारण नपरेको उनले बताए ।

कास्मिरी पृथक्तावादी र अरू लडाकु लुकेर बसेको आशंकामा एलओसी पार गरेर पाकिस्तान–अधीनस्थ क्षेत्रमा गरिएको हमलामा कैयौँ आतंककारी शिविर ध्वस्त भएको भारतका कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले दाबी गरे । भारत–अधीनस्थ कास्मिरमा केही दिनअघि आत्मघाती आक्रमणमा ४४ भारतीय अर्धसैनिक बलको मृत्युपछि पहिलोपटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको मन्त्री सिखावतले बताए ।

कास्मिरमा संघर्षरत मौलाना मसुद अजहरको नेतृत्वमा रहेको जैस ए मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब सिर्जना गरिरहेको छ ।

भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि सैन्य कारबाही गर्न भारतीय सेनालाई पूर्ण अख्तियारी दिएको थियो ।

संयम हुन आग्रह

चीनले भारत र पाकिस्तानबीचको शान्तिपूर्ण सम्बन्धमा जोड दिएको छ । कास्मिरमा स्थायित्व कायम गर्न भारत र पाकिस्तानबीच बलियो र शान्तिपूर्ण सम्बन्ध अनिवार्य भएको चीनको भनाइ छ । ‘दुई देशले कास्मिरमा शान्ति र स्थिरता कायम गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

त्यस्तै, युरोपेली युनियनले दुवै एसियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । ‘हामी दुवै मुलुकसँग सम्पर्कमा छौँ । दुवै देशलाई अत्यधिक संयमता अपनाउन र स्थितिलाई थप तनाव नबनाउन आग्रह गर्छौँ,’ इयू प्रवक्ता माजा कोसिजान्सिकले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports