सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारी चिकित्सकले स्वास्थ्य सेवा दिवस बहिष्कार गर्ने

832
shares

कर्मचारी समायोजनमा पक्षपातपूर्ण व्यवहार गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले स्वास्थ्य सेवा दिवस बहिष्कार गर्ने भएको छ । सरकारले बुधबार स्वास्थ्य सेवा दिवस मनाउँदै छ । कर्मचारी समायोजन गर्दा चिकित्सकहरू अन्यायमा परेकाले यस्तो निर्णय लिन बाध्य हुनुपरेको संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए ।

समायोजन ऐन मिचेर सहसचिवस्तरका ११औँ तहका चिकित्सकलाई प्रदेशमा समायोजन गरेकाले त्यसलाई सच्याउनुपर्ने गोदानको माग छ । तत्काल विभेदकारी समायोजन नसच्याए सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका छन् ।

चिकित्सक समायोजनसम्बन्धी नयाँ निर्णयले सरकारलाई दीर्घकालीन असरका साथै जनताको स्वास्थ्य सेवामा समेत गम्भीर असर पर्ने चिकित्सा क्षेत्रका अधिकारीहरू बताउँछन् । अहिलेको समायोजन ऐनले चिकित्सकलाई प्रदेशको एक अस्पतालमा सरुवा गरी पठाउँदा सेवाअवधिभर ती चिकित्सकले सोही अस्पतालमा मात्रै सेवा प्रवाह गर्न पाउनेछ ।

‘सरकारले कुनै विधामा पढाउन विदेश पठाउँछ । पढेर आएपछि उसलाई सोही विधाको जिम्मेवारी नदिएर अन्यत्रै पठायो भने त्यसले राज्यलाई मात्रै नभएर जनतालाई समेत उपलब्धि दिन सक्दैन,’ संघका अध्यक्ष पाण्डेले भने, ‘त्यसैले यस्तो अवैज्ञानिक समायोजन सच्याउनुको विकल्प छैन ।’ चिकित्सकहरूले अहिलेको ऐनले वृत्तिविकासमा बन्देज लगाएको बताएका छन् ।

चिकित्सक संघ पनि बहिष्कारको पक्षमा

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले समायोजन प्रक्रियाप्रति पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सरकारले कुनै चासो नदेखाएकोप्रति गम्भीर आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयप्रति आपत्ति जनाएको हो । ‘स्वास्थ्य ज्यादै संवेदनशील र जटिल क्षेत्र हो । चिकित्सकीय पेसालाई समयसापेक्ष अध्ययन गरिराख्नुपर्ने, वृत्तिविकासका विभिन्न गतिविधिमा निरन्तर समावेश हुनुपर्ने हुन्छ । त्यसैले, नेपाल सरकारअन्तर्गतका आठौँ र सोभन्दा माथिका तहमा कार्यरत चिकित्सकहरूलाई संघमा पुल दरबन्दीको सिर्जना गरी समायोजन प्रक्रिया अगाडि बढाउन संघ सरकारसमक्ष पुनः ध्यानाकर्षण गराउँछ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports