सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातको मृत्यु

416
shares

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मुत्यु भएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् । हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोलामा दुर्घटना भएको हो ।

घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । कालिका होटल सन्चालक सुरज भट्टराईका अनुसार ‘हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको छ । आर्मीको बुट देखिएको छ । अरु केही पनि बाँकी छैन ।

हेलिकोप्टरमा चालकसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे रहेका थिए ।

पर्यटनमन्त्रीसहितको टोली तेह्रथुमको आठराई गाउँपालिकाको चौहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताए ।

यसैबीच दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाकारी दिएको छ । तर, शवको पहिचान हुन बाँकी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports