विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वैदेशिक रोजगार बिभागका महानिर्देशक सरूवा, विभागमा महानिर्देशक जान तँछाड मछाँड

637
shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागमा महानिर्देशक रिक्त राखेर दुई सहसचिवको सरुवा गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा गर्दै उक्त विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका केशव विमलीलाई राष्‍ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्‍ठान विकास समितिको कार्यकारी निर्देशकमा सरुवा गरेका हुन् ।

दाहालको सरुवा भएसँगै बैदेशिक रोजगार विभाग महानिर्देशक विहिन भएको छ । राष्‍ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्‍ठान विकास समितिमा कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका सहसचिव उमाकान्त आचार्यको केहि समय अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि समिति कार्यकारी निर्देशक विहिन रहेको थियो ।

श्रममन्त्री भण्डारीले  अहिले विदेश भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारी फर्किएपछि उनीसँग सल्लाह गरेर वैदेशिक रोजगार विभागको महानिर्देशक पठाउने तयारी गरेका छन् । अहिले मन्त्रालयमा सहसचिव नरेशराज खरेल फाजिलमा रहेका छन् । खरेल वा मन्त्रालयमै कार्यरत कुनै सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिने श्रममन्त्री भण्डारीले तयारी गरेका छन् । श्रम मन्त्रालय अन्तरगतका विभागमध्ये वैदेशिक रोजगार विभाग महत्वपुर्ण मानिएकाले महानिर्देशक पदमा सरुवा भएर जानका लागि मन्त्रालय अन्तरगत कार्यरत सहसचिव कसरतमा छन् ।

दाहालले सात महिना अघि मात्रै गत जेठ दुई गते वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । दाहाल मात्रै नभएर विभागमा महानिर्देशकको जिम्मेवारी पाउनेमध्ये थोरैले एक वर्ष विभागको महानिर्देशकको जिम्मेवारी पाउने गरेका छन् । श्रममन्त्रीको धेरै चासोका रुपमा विभाग रहने भएकाले अधिकांशको ६ महिना नपुग्दै सरुवा हुने गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports