विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अधिवक्ताको लाइसेन्सको परिक्षा स्थगित

689
shares

नेपाल कानुन व्यवसायी परिषद्ले ३१ औं अधिवक्ताको लाइसेन्स परीक्षा स्थगित गरेको छ । आज र भोलि हुने भनिएको परीक्षा अन्तिम समयमा स्थगित गरिएको छ । परिषद्ले काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र महेन्द्रनगरमा सञ्चालन हुने परीक्षा प्राविधिक कारणले स्थगित गर्नुपरेको जनाएको छ ।

‘अधिवक्ताको ३१ औं परीक्षा काठमाडौंलगायत उपत्यकाबाहिर विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र महेन्द्रनगरमा समेत सञ्चालन हुने भनि मिति २०८०–७–१५ गते सूचना प्रकाशित गरिएकोमा प्राविधिक कारणले हाललाई उक्त परीक्षा स्थगित गर्ने भन्ने परिषद्बाट मिति २०८०–८–२० गते निर्णय भएको हुँदा सो परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगन गरिएको..’, प्रकाशित सूचनामा उल्लेख छ ।

सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट कानुन संकायमा स्नातक गरेका विद्यार्थीलाईसमेत परीक्षामा सामेल गराउन आदेश दिएपछि तत्कालका लागि परीक्षा स्थगित गरिएको स्रोतले बतायो । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अधिवक्ता तहको ३१ औं परीक्षामा सहभागी हुन नरोक्नु भनि अस्ति परिषद्को नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । परीक्षाको थप तयारी गर्नुपर्ने भएकाले परिषद्ले परीक्षा स्थगित गरेको स्रोतको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports