विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टिकटक प्रतिबन्ध गरेको निर्णय प्रति आपत्ति जनाउँदै एसिया इन्टरनेट कोअलिसन व्यापार संघको सरकारलाई पत्र

806
shares

काठमाडौँ । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने गरेको निर्णय प्रति आपत्ति जनाउँदै एसिया इन्टरनेट कोअलिसन नामक व्यापार संघले सरकारलाई पत्र पठाएको छ । सन् २०१० मा ईबे, गुगल, नोकिया, स्काइप र याहूले संयुक्त रूपमा स्थापना गरेको यो संस्थाले एसिया प्रशान्त क्षेत्रमा सार्वजनिक नीतिका मुद्दाहरूलाई सम्बोधन गर्न र इन्टरनेट अर्थतन्त्रको विकासलाई सहज बनाउन सरकारी एजेन्सीहरूसँग पहल गर्दछ ।

गत डिसेम्बर ५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सचिव कृष्णबहादुर राउत र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई संयुक्त रूपमा पठाइएको पत्रमा कुनै विस्तृत छलफल बिना नै निर्देशिका र प्रतिबन्ध लगाउने निर्णय लागू गरिएकोमा आपत्ति जनाइएको छ । संस्थाले यस विषयमा विस्तृत छलफलको आवश्यकता औँल्याउँदै हठात्मा गरिएको निर्णय कार्यान्वयनमा समस्या हुनुका साथै यसले व्यवसायहरूलाई प्रभावित गर्दै वैदेशिक लगानीलाई समेत निरुत्साहित पार्ने बताएको छ । संघले यस विषयमा सरकारसँग छलफलका लागि समयसमेत माग गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports