विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनसेल प्रकरण कमिशनकै चक्कर

546
shares

 

काठमाडौ । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर विक्रि मुलुकबाहिर भएपश्चात् संसदको सार्वजनिक लेखा समितिको आँखा खुलेको छ । उक्त कम्पनीको शेयर पहिलापनि मुलुक बाहिरै विक्रि भएको थियो । त्यसरी मुलुक बाहिर शेयर विक्रि हुँदा नेपाल सरकारले ठुलो मात्रामा राजस्व गुमाएको र सो गुमेको राजस्व उठाउन सरकारले खासै चासो देखाएको थिएन ।
दुरसञ्चार सेवा प्रदायक कम्पनी बैदेशिक लगानीका सन्दर्भमा प्रत्यक्ष सरोकार राख्ने नेपालमा रहेका सरकारी कार्यालयलाई कुनै जानकारी नै नदिई शेयर विक्रि भएपछि संसदको समितिले चासो राखेको हो । समितिले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टार कार्यालय नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्र लेखेर समितिले शेयर स्वामित्व, कारोबार, राजस्व लगायतका विवरण यथाशिघ्र पठाउन भनेको छ ।
समितिले ९ वटा प्रश्न गर्दै विवरण पठाउन सरकारी निकायलाई निर्देशन दिएको छ । लेखाले सोधेको प्रश्नहरुमा बेलायतमा दर्ता भएको स्पेक्ट्रलाईटलाई ८० प्रतिशत शेयर विक्रिको आधिकारिता के हो ? शेयर विक्रि गर्दा नेपालको कानुनी व्यवस्थाप परिपालना गर्नुपर्ने नपर्ने के हो ? खरिद विक्रिमा दुरसञ्चार प्राधिकरणको अनुमति छ छैन, छैन भने के कारबाही हुन्छ ? निकै कम मूल्यमा शेयर स्वामित्व हस्तान्तरण हुनुलाई नियमन निकायले कसरी हेरेको छ ? लगानी वातावरणमा प्रश्न उठाएकोले नेपाललाई के कस्तो प्रतिकूल प्रभाव पार्छ ? मुलुक बाहिर र पहिले भन्दा कम कारोबारमा सरकारलाई तिर्नुपर्ने कर के हुन्छ ? पब्लिक लिमिटेडमा गइसक्नुपर्ने कम्पनी प्राइभेट जस्तो कारोबार हुँदा सम्बन्धित निकायको भनाई के छ ? र ६ वर्षपछि सरकारको स्वामित्वमा आउने सुनिश्चिता हुँदाहुँदै खरिद विक्रिमा नियमन निकायको भनाई के हो भनेर सोधेको छ ?
एनसेल विक्रि हुने चर्चा पहिला नै चलेको र यसभन्दा अगाडि दर्ता खारेज भईसकेको स्मार्ट टेलिफोनको समेत स्वामित्व तिनै एनसेल खरिद गर्ने सतिशलाल आचार्य परिवारको भएकाले स्मार्ट टेलिकमले सरकारलाई तिर्नुपर्ने रकम समेत नतिरी नविकरण दर्ता नगरेका र अहिले तिनै सतिशलाल आचार्यले नै एनसेल खरिद गर्नुले यस प्रकरणमा सरकारकै हात रहेको देखिन्छ ।
एनसेल खरिद विक्रिमा नेपालका केही व्यापारी र उद्योगपति सहित सतिशलाल आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल र निजकी छोरीलाई समेत प्रभावमा पारेर अबौँ रुपैँया सरकारलाई तिर्नुपर्ने रकम मध्येको केही रकम उनीहरुलाई नै नजराना चढाएर एनसेल आचार्य परिवारले खरिद गरेको चर्चा समेत चल्न थालेको छ । यो प्रकरणमा समेत कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा समेत जोडिएको चर्चा चलेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports