चीनीमा जनतालाई ठग्दै सरकार
वि.सं.२०८० मंसिर २३ शनिवार १७:१२
shares

काठमाडौ । बजारमा चीनीको हाहाकार भएको थाहा पाउँदै गर्दा समेत सत्ता गठबन्धनको दाहाल सरकार जनतालाई ठगी गरिरहेको छ । कांग्रेसका नेता रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका छन् भने अर्थमन्त्री समेत कांग्रेसकै नेता प्रकाशशरण महत रहेका छन् । यी दुवै नेता सभापति शेरबहादुर देउवा गुटका हुन् । दशैँ, तिहार, छठ पर्वका बेला नेपालमा चीनीको खपत अरुबेला भन्दा बढी हुने गरेको छ । तर, सरकारले त्यही बेला केही भ्रष्ट, व्यापारी र केही भ्रष्ट उद्योगपति र चीनीमिल मालिकहरुको इसारामा चीनीको मूल्य ९५ रुपैँयाबाट बढाएर १ सय १५ रुपैँया तोकिदियो ।
सरकारले जीटुजी अर्थात सरकार टु सरकार भारतबाट चीनी आयात गर्ने भन्दै साल्ट टेडिङ्ग कर्पोरेशनले गत श्रावणमै ५० प्रतिशत छुटमा चीनी आयात गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको भएपनि त्यसलाई बेलैमा कुनै निर्णय नै नगरी आफैँ चीनी ल्याउने भन्दै जनतालाई झुक्याउन लागि प¥यो । नेपालमा वार्षिक ३ लाख मेट्रिकटन चीनी खपत हुने भएपनि नेपालमा १ लाख ५० हजार मेट्रिकटन मात्र चीनी उत्पादन हुने गरेको छ । सरकारले उखु कृषकहरुलाई कुनै प्रोत्साहन नगरेको र बेलैमा उखुको मूल्य निर्धारण नगरिदिने गरेको हुनाले प्रत्येक वर्ष उखु किसानहरु घट्दै गएकाले चीनी आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
नेपालमा अहिले १० वटा चीनी मिल रहेका भएपनि ती सबै चीनी मिलमा चीनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालको शेयर रहेको हुनाले चीनीमा उनैको हैकम चल्ने गरेको र सरकारसँग उनको निकट सम्बन्ध रहेकै कारण सरकार उनैको फाइदाका लागि निर्णय गर्दै आएको छ ।
सरकारले चीनीमा ४० प्रतिशत भन्सार लगाएको हुनाले चीनी आयात गर्न निजी क्षेत्र तयार नहुने र त्यसको फाइदा उठाउँदै अग्रवालको सल्लाहमा दशैँको मुखमा चीनीको मूल्य ९५ बाट बढाएर १ सय १५ रुपैँया पु¥याइएको भएपनि अहिले बजारमा चीनीको हाहाकार भएको छ । बजारमा अहिले चीनी १ सय ५० रुपैँया प्रतिकिलोमा विक्रि भईरहेको भएपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च तहका कर्मचारीहरु साल्ट टे«डिङ्ग कर्पोरेशन र खाद्य बजार तथा व्यापार कम्पनीले चीनी ल्याउन नसकेको झुठको खेती गरिरहेको छ ।
ती उच्च तहका कर्मचारीहरुले दशैँ अघि अब यति दिनभित्रमा जीटुजीमार्फत चीनीको आयात हुन्छ भने ठुला ठुला डंक पिटिरहेका थिए त्यो डंक जनतालाई झुक्याउन र चीनी मिल मालिकहरुले लुकाएर राखेको चीनीको मूल्य बढाउनका लागि मात्र थियो । सरकारले जीटुजी मार्फत चीनी ल्याउन नसकेपछि अरुलाई दोष लगाएर दाहाल सरकार जनताका नजरमा राम्रो बन्नका लागि अहिले साल्ट र व्यापार कम्पनीलाई दोष लगार आफू पानीमाथिको ओभानु बन्दै जनतालाई ठगि गरिरहेको छ ।




































