सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधिशमाथि लाग्यो विचौलियाको आरोप

455
shares

काठमाडौ । कानुन व्यवसायी र कानुन क्षेत्रका विज्ञहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई पदबाट हटाउन सर्बोच्च अदालतभित्रैबाट एक्ल्याएर राजिनामा दिन बाध्य पार्नुपर्ने बताए पछि प्रधानन्यायाधिश राणामाथिको संकट अझ गहिरिएको छ । मंगलबार राजधानीमा आयोजित न्यायपालिकाको वर्तमान संकट र निकास विषयको छलफलमा सर्बोच्च अदालतका पूर्वन्यायाधिश बलराम केसीले भने प्रधानन्यायाधिश राणाले पाएको प्रशस्त समयमा पनि न्यायालय सुधारमा कुनै प्रगति गर्न नसकेको बताउँदै प्रधानन्यायाधिश राणाले पदको दुरुपयोग मात्र गरेको आरोप लगाएका छन् । राणाको कार्यकालमा भ्रष्टाचारको गन्ध धेरै आयो पेशी तोक्दा पनि सेटिङ्ग भयो केसीको आरोप थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले भने प्रधानन्यायाधिश राणा र उनको परिवारका सदस्य समेत भ्रष्टाचारमा संलग्न भएको गम्भीर आरोप समेत लगाएका छन् । राणा विशेष अदालतबाट तत्कालिन पुनरावेदन अदालत दिपायल सरुवा भएको केही समयमै राणाकी पत्नी रेजी राणा क्षेत्रीको नाममा काठमाडौमा खरिद गरिएको घर जग्गाको स्रोत के हो भन्ने प्रश्न समेत गरेका थिए । २०६५ साल कार्तिक १४ मा राणाकी पत्नीले काठमाडौ ३० स्थित २ वटा घर घडेरी र त्यसमा बनेको घर २ करोड ४० लाख रुपैँयामा खरिद गरेकी थापाको भनाई थियो । जग्गा विक्रि गर्ने व्यक्ति मुस्ताङी राजा जिम्मे पलवरबाट विष्टकी जेठो दाजुकी छोरी थिइन् । त्यस बेला विष्ट परिवारमा सम्पत्ति विवाद रहेको र अंश मुद्दा सर्बोच्च अदालतमा विचराधिन अवस्थामै थियो । सो कार्यक्रममै थापाले सोधे उक्त सम्पत्ति पैत्तिक हो कि घुसको रकम ?

सो कार्यक्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने न्यायका लागि सेवाग्राहीहरु बषौंदेखि विचौलियाहरुबाट पिडित भएको बताउँदै त्यसको नाइके प्रधानन्यायाधिश राणा नै भएको आरोप लगाएका छन् । अध्यक्ष श्रेष्ठको आरोपमा सत्यता भए प्रधानन्यायाधिश राणा एक मिनेट पनि प्रधानन्यायाधिशको पदमा बसिरहनु हुँदैन यदि आरोपमा सत्यता नभए आरोप लगाउने व्यक्तिमाथि तत्काल कानुनी कारबाही हुनुपर्दछ । यति गम्भीर आरोप लागिरहँदा पनि पाँच राजनीतिक दलको गठबन्धन र प्रधानमन्त्रीले त्यस विषयलाई नजर अन्दाज गर्नु भनेको न्यायलयको संकट समाधान गर्न नखोज्नु नै हो । परमादेशबाट प्रधानमन्त्री बनेका देउवा किन चुपचाप बसेका छन् त्यसको रहस्य के ?

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports