सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी सम्झौता नै गलत

481
shares

काठमाडौँ । राजनितिक दलहरुवीचमा राष्ट्रिय सहमति बनेपछि मात्र एमसीसी अनुदान सम्झौता अघि बढाइने भएको छ । सत्तारुढ दलभीत्र यो सम्झौता अनुमोधन गर्ने विषयमा एक मत हुन सकेको छैन । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेस एमसीसी सम्झौतालाई तत्काल अघि बढाउने पक्षमा रहेको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्झौतालाई संशोधन गरेरमात्र अघि वढाउनु पर्ने पक्षमा रहेको भएपनि एमसीसी प्रधान कार्यालयले सम्झौता संशोधन हुन नसक्ने पहिला नै प्रष्ठ पारिसकेको छ ।

सत्तामा रहेको जसपा भने एकमत नभएपनि जसपाका सघीय अध्यक्ष डा .वावुराम भट्टराई एमसीसी सम्झौतालाई तत्काल पारित गर्ने पक्षमा रहेका छन् ?नेपाल र एमसीसी वीच २०७४ साल भाद्र २९ गते अमेरिकाको वासिङ्गटन डिसीमा सम्झौता भएको थियो । अमेरिकाले उक्त सम्झौता संसदीय अनुमोधन गर्नु पर्ने सर्त राखेपछि सरकारले उक्त सम्झौता संसदमा दर्ता गराएको थियो । केपी ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभाको विधेयक शाखामा सम्झौता अनुमोदनका लागि दर्ता गराएको भएपनि त्यसबेलाको सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादले गर्दा अनुमोदनको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने विषयमा फेरी प्रश्न उठाएका छन् । एमसीसी सम्झौता हुँदा संसदबाट पारित गर्नुपर्ने कुरा राखिएको थिएन । अमेरिकाले पैसा दिने र नेपालले लिएर देश विकास गर्ने भन्ने मात्र थियो । त्यसबेला हामीपनि सरकारमा थियौँ, त्यसबेला शेरबहादुर देउवाकै नेतृत्वमा सरकार रहेको र त्यसबेलाका अर्थमन्त्री र हालका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्झौतामा सही गरेका थिए ।

दाहालका अनुसार सम्झौता संसदमा लगेर पारित गरिए ऐन सरह हुने गरि अनुमोदन गर्नुपर्ने कुरा थिएन तर पछि त्यो थपियो त्यसरी थपिएपछि यसको रहस्य के हो त भन्ने प्रश्न खडा भयो र विवादित बन्न पुग्यो, दाहालको भनाई रहेको छ । तर त्यसबेला एमसीसीमा सम्झौता गर्ने व्यक्ति अहिले पनि सरकारमै रहेका भएपनि थपिएको विषयमा उनी केही बोल्न चाहेका छैनन् आखिरी किन त ?

सम्झौता गर्दा सम्झौतामा लेखिएका कुराहरुको राम्रो अध्ययन नै नगरी सम्झौता गरिएको हुनाले अहिले त्यो विवादित बनेको छ । अनुदान लिँदा संसदबाट पारित गरिनु किमार्थ उचित हुन सक्दैन, त्यो राष्ट्रघात हुन सक्छ । त्यही कारणले अहिले त्यसको विरोध हुँदै आएको छ, सावधान राष्ट्रघात नगरियोस् !

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports