सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा प्रति अध्यक्ष थापाको आक्रोश

546
shares

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरवहादुर देउवालाई पूर्वराजा विरुद्धको आक्रोश नपोखन अनुरोध गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत् त्यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले भनेका छन् प्रम देउवालाई आग्रह गर्दै अगाडी लेखेका छन् । पूर्वराजा विरुद्ध आक्रोश होइन सुशासन दिनुहोस् । न्यायालय हडतालमा छ, ससद अवरुद्ध भएर अहिले स्थगित भएको छ । सरकार भ्रष्टचार र सर्वसत्तावादमा लिप्त छ । धर्मपरिर्वतन व्यापक भएको छ । रोजगारीको खोजिमा ५० लाख भन्दा बढी युवायुवती विदेशमा पलायन भएका छन् । संघीय गणतन्त्र असफल सावित भईसकेको छ । त्यसैले पूर्वराजालाई गालि गरेर मात्र अब राज गर्ने जमना छैन भन्ने ट्वीटर मार्फत लेखेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाले अस्तीमात्र एक सार्वजर्निक कार्यक्रममा बोल्दै पूर्वराजालाई गणतन्त्रलाई स्वीकार गरेर निर्वाचनमा गएर निर्वाचन जितेर राज्यसञ्चालन गर्न आग्रह गरेका थिए । त्यसैको जवाफ अध्यक्ष थापाले फर्काएका हुन् ।

पूर्वराजा अहिले चुपचाप बसेका छन् । मुलुकमा संघीय गणतन्त्र आएपछि पूर्वराजा चुपचाप बसेका भएपनि पूर्वराजा बोल्दा राजनितिक दलहरु तर्सिने गरेका छन् । पछिल्लो समयमा मुलुकममा बेथिति बढेकाक छ । दलगत स्वार्थले जनताले अनेक प्रकारका समस्याहरु भोग्नु परेको छ । पूर्व राजाले जनताका समस्याहरु समाधान गर दलगत स्वार्थभन्दा माथी उठेर देश विकास गर भन्दा पूर्वराजालाई धम्काउने र थर्काउने कार्यमा प्रधानमन्त्री देउवा सहितका अन्य नेताहरुले बेला बेलामा आक्रोश पूर्व अभिव्यक्ति दिनुको कुनै अर्थ रहदैन् । आफ्नो गल्ति र असफलता लुकाउन पूर्वराजालाई गालि गरेर जनतालाई खुसी पार्न सकिदैन भन्ने हेक्का प्रधानमनत्री र नेताहरुलाई होस् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports