नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सम्बन्धी कुनै निर्णय भएको छैन : पर्यटन मन्त्री किराँती

663
shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवाको जिम्मेवारी नेपाल वायुसेवा निगमसँग यथावत रहेको बताउनुभएको छ । उहाँले निगममा आन्दोलनरत कर्मचारी युनियनहरुलाई आन्दोलन स्थगित गर्न आग्रह गर्दै ग्राउण्ड ह्याण्डलिङ सेवाबारे सरकारले कुनै निर्णय नगरेको जानकारी दिनुभएको हो ।

निगमका सम्पूर्ण क्रियाशील ट्रेड युनियनलाई हिजो पत्र पठाउँदै मन्त्रीले आन्दोलन रोक्न आग्रह गर्नुभएको हो । उहाँको निजी सचिवालयका शाखा अधिकृतले लेखेको पत्रमा ग्राउण्ड ह्याण्डलिङ सेवा सम्बन्धमा औपचारिक रुपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय नभइसकेको उल्लेख छ ।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर १५ गते गरेको निर्णयमा निगमको उक्त जिम्मेवारी अन्य विमान सेवा कम्पनीलाई प्रतिस्पर्धाको आधारमा गराउने उल्लेख छ । त्यसपछि निगमका कर्मचारीहरु आन्दोलित भएका हुन् । राष्ट्रिय ध्वजावाहक निगमले पछिल्लो समय उक्त सेवाबाट करिब ४ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको देखिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports