नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेलम्चीको पानी छिटो बितरण गर्न माग गर्दै प्रहरीचौकी अगाडि बिरोध प्रदर्शन

624
shares

मेलम्ची खानेपानी आयोजनाको मर्मतसम्भार गरी यथाशीघ्र पानी ल्याउन माग गर्दै काठमाडौंबासी आन्दोलित भएका छन् । मेलम्ची खानेपानी संघर्ष समितिले तुरुन्त पानी खोल्न माग गर्दै आज कोटेश्वर चोक स्थित प्रहरी प्रभागअगाडि आन्दोलन गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशसभा सदस्य सुनिल केसी र समितिका संयोजक गोविन्दराज पन्तको नेतृत्वमा भएको आन्दोलनमा झण्डै डेढसय जनाको सहभागिता रहेको छ ।

उनीहरुले ‘मेलम्चीको पानी छिटो खोल’,‘मेलम्ची पानी माथिको चलखेल बन्द गर’, लगायतका प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका छन् । मेलम्चीको पानी छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारलाई दबाब दिनका लागि समिति गठन गरेर काठमाडौंबासीले निरन्तर आन्दोलन गरिरहेका छन् । करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदापनि सरकारले मर्मतमा चासो नदिएपछि आक्रोशित बनेका काठमाडौंबासीले यसअघि अर्थमन्त्री डा. प्रकाशसरण महत र खानेपानीमन्त्री महिन्द्र राय यादवलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports