सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महासमितिको बैठकमा चुके थापा

416
shares

 

काठमाडौ नेपाली कांग्रेसको महासमितिको बैठक हालै सम्पन्न भएको छ । बैठकमा २३ सय ७३ प्रतिनिधिले सहभागिता जनाएका भएपनि ६ सय ५१ जनाले निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा आफ्नो भनाई राखेको कांग्रेस प्रचार विभागले जनाएको छ ।
प्रचार विभाग प्रमुख मिन विश्वकर्माले चुनावी गठबन्धन बारे महासमितिको निर्णय के आयो भनेर प्रष्ट पारेको छैन । विश्वकर्माका अनुसार महासमितिको बैठकमा व्यक्त भएका भावनालाई केन्द्रीय समितिमा छलफल गरी परिमार्जन गर्ने र त्यसलाई महासमितिको निर्णय मानिनेछ भनेका हुनाले यो कस्तो जवाफ र निर्णय हो । केन्द्रीय समितिले जसरी निर्णय गरिदिएपनि भयो ? त्यसैले प्रश्न उठेको छ के केन्द्रीय समिति महासमिति भन्दा ठुलो र शक्तिशाली हो त ? परिमार्जनको नाममा महासमितिको निर्णयलाई व्याख्या अपव्याख्या गर्ने अधिकार केन्द्रीय समितिलाई हुन्छ यसको जवाफ पार्टीको नेता तथा कार्यकर्ताहरुलाई कांग्रेस नेतृत्वले दिनुपर्ने कि नपर्ने ?
कांग्रेसको विधान अनुसार केन्द्रीय समिति भन्दा ठुलो महासमिति बैठक र महासमिति भन्दा ठुलो महाधिवेशन हो । तर महासमितिको बैठकमा बहुमतको आडमा विधानको अपव्याख्या गर्दै महासमितिको निर्णय परिमार्जन गरेर केन्द्रीयसमितिले निर्णय सुनाउने छ भन्नु कांग्रेसको विधानको ठाडो उल्लंघन हो । कांग्रेसका महामन्त्री गगन थापाले राखेको प्रस्ताव ठुलो ध्वनीले समर्थन गरेको थियो । उनले कांग्रेसले आफ्नो तागतमा एक्लै निर्वाचन लड्ने र कांग्रेसको भोट रुखमा मात्र हाल्छ भनेकोमा कांग्रेसले विमति राख्ने ठाउँ थिएन । यस्तो प्रस्तावको निर्णय महासमितिको बैठकबाटै पारित गराउन नसक्नु थापाको कमजोरी रह्यो ।
केन्द्रीय समितिबाट निर्णय हुँदा बहुमतका आधारमा हुने भएकाले सभापति शेरबहादुर देउवाको इच्छाअनुसार निर्णय हुने भएकाले गर्दा महामन्त्री थापाको प्रस्ताव पारित हुन सक्ने सम्भावना देखिँदैन । महामन्त्री थापाले आफ्नो अडानलाई कायम राख्न नसकेको हुनाले उनी पक्षीय नेताहरु समेत महामन्त्री थापासँग रुष्ट हुन सक्ने सम्भावना बढेर गएको छ । सभापति देउवाका पक्षमा दुई तिहाई मत रहेकाले देउवाले नचाहेसम्म त्यो निर्णय हुन सक्दैन । त्यसैले थापा चुकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports