२०८१ सालमा बैकका कर्मचारीले कति दिन पाउने भए बिदा, राष्ट्र बैंकले निकाल्यो बिदाको सूची
वि.सं.२०८० फागुन १८ शुक्रवार १३:५१
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक बिदाको सूची प्रकाशन गरेको छ ।
केन्द्रिय बैंकको मानव संसाधन व्यवस्थापन विभागले आगामी नयाँ वर्ष २०८१ मा हुने बैंकको बिदाको सूची प्रकाशन गरेको हो । आगामी वर्षमा ३७ दिन बैंक बिदा हुने भएको छ ।यद्यपि, नगद भुक्तानी, लगायतका आपतकालिन बैंकिङ्ग सुविधा भने प्रदान गरिने केन्द्रिय बैंकले जनाएको छ ।





























