सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार र मिटरब्याज पीडित बिच आज पनि वार्ता हुने

481
shares

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ ।

यसअघि शुक्रबार भएको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए । मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले चौथो चरणको वार्ता सकारात्मक रहेको बताए। उनले पनि आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठन लगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports