तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वको भ्रमण रोकेर काठमाडौं फर्कंदै पूर्वराजा

559
shares

आजैदेखि सुरु हुने पूर्वी तराई भ्रमणको कार्यक्रम रद्द गरेर पूर्वराजा ज्ञानेन्द्र काठमाडौँ फर्कने भएका छन्। अचानक स्वास्थ्य प्रतिकूल भएपछि मंगलबार (२१ फागुन) अस्पताल भर्ना गरिएकी आमा रत्न शाहको स्वास्थ्यमा सुधार आएपनि उनी काठमाडौँ फर्कन लागेका हुन्।

२४ माघदेखि झापाको दमकस्थित हिमालयन टि गार्डेनमा रहँदै आएका पूर्वराजा शाह आज साढे तीन बजे काठमाडौँ आइपुग्दैछन्। यसअघि आजैदेखि पूर्वराजा पूर्वी तराईका जिल्ला भ्रमणमा जाने कार्यक्रम सार्वजनिक भएको थियो। त्यसक्रममा आज उनी जनकपुर जाँदै थिए।

तर, मंगलबार आमा रत्न शाहलाई खोकी लाग्नुका साथै पखाला र पिसावसम्बन्धी समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। निर्मल निवास स्रोतका अनुसार, चिकित्सकहरुको उपचारपछि शाहको स्वास्थ्यस्थिति सामान्य छ। उनी पूर्ववत स्थितिमा फर्केकी छन्।

‘उहाँ राम्रोसँग बोल्न सक्ने हुनु भएको छ, अहिले कुनै समस्या छैन’ स्रोतले भन्यो, ‘चिकित्सकहरुले छिट्टै डिस्चार्ज गर्दैछन्।’ स्वास्थ्य अवस्था सामान्य बनेपनि आमासँग भेटघाट र हेरचाहमा सँगै रहने गरी पूर्वराजा शाह आजै दमकबाट फर्कन लागेका हुन्।

आमा रत्नको स्वास्थ्यमा अचानक समस्या नदेखिएको भए सप्तरी, जनकपुर, सर्लाही र उदयपुर झापा फर्कने र त्यतैबाट परिवारसहित सिक्किम फर्कने पूर्वराजाको योजना थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports