तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य परीक्षणका लागि ओली अस्पतालमा

468
shares

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पतालमा छन्। उनको शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथाेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य जाँच भइरहेको हो। नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंहले जानकारी दिइन्।

यो वर्षको नियमित चेकअपका लागि थाइल्यान्ड लैजानुपर्ने भए पनि प्रधानमन्त्रीको व्यस्थताले सम्भव नभएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको उनले बताइन्। ‘होल बडी चेक अप’पछि मात्र प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने उनले जानकारी दिइन्।

अस्पताल स्रोतका अनुसार उनको रगत, एक्सरे तथा इसिजी परीक्षणको काम भइरहेको छ। यी सबैको रिपोर्ट आउन कम्तिमा २४ घन्टा लाग्नेछ। सबै टेस्टहरूको रिपोर्ट नआएसम्म अस्पतालमै आराम गर्न प्रधानमन्त्रीलाइ चिकित्सकले सुझाव दिएका छन्।

६७ वर्षीय प्रधानमन्त्री ओलीका दुवै मृगौला प्रत्यारोपण गरिएका हुन्। उनी मृगौला तथा फञ्गल म्यानेजाइटिसका औषधि नियमित सेवन गर्छन्। यसअघि गत कार्तिकमा पनि श्वाशप्रश्वासमा समस्या देखिएपछि प्रधानमन्त्रीलाइ अस्पताल भर्ना गरिएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports