सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुवै पक्षलाई प्यानल घोषणा गर्न सकस

533
shares

काठमाडौँ । नेपाली काग्रेसको १४ औ महाधिवेशनवाट पार्टीको नेतृत्व हत्याउन खोज्ने दौडवाट महामन्त्री डा. शशाक कोइराला पछि हटेका छन् । आजवाट सुरु हुने काग्रेसको १४ औँ महाधिवेशनवाट सभापति सहित १४ पदाधिकारीहरुको निर्वाचन हुने भएको छ । सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा पुन एकपटक सभापति वन्ने दौडमा रहेका र उनलाई सभाापति वन्न वाट रोक्नका लागि पार्टीका वरीष्ट नेता रामचन्द्र पौडेल, डा. शशाक कोइराला, डा.शेखर कोइराला , प्रकाशमानसिह र विमलेन्द्र निधि लागि परेका छन् ।

निधिले जुन सुकै सर्तमा पनि आफू सभापतिको दौडवाट पछि नहट्ने वताईसेका छन् भने शशाक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्दै सभापतिको दौडवाट पछि हटेका छन् । संस्थापन इतरपक्षवाट एकजना मात्र सभापतिका उम्मेदवार भएको खण्डमा देउवालाई सभापतिमा पराजित गर्न सकिने आकलन संस्थापनइतर पक्षको रहेको छ ।

शशाक कोइराला पछि हटेपनि शेखर कोइराला भने सभापतिका उम्मेदवार बन्ने र रामचन्द्र पौडललाई राष्ट्रपति वनाईदिने भन्दै आफु सभापति भएमा प्रधानमन्त्री समेत नवन्ने घोषणा गरी सकेका छन् । संस्थापन इतर पक्षवाट देउवामात्र उम्मेदवार बनेपनि १३ आँै महाधिवेशनमा देउवालाई सहयोग गरेका निधिले सभापतिको दावी नछोडेको खण्डमा पहिलो निर्वाचनमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सक्ने सम्भावना न्यून रहेको छ ।

संस्थापन इतरपक्षवाटको सभापतिको उम्मेरदवार हुन्छ भन्ने टुङ्गो अहिलेसम्म नलागेपनि सिह र कोइराला मध्येवाटै उम्मेदवार वन्ने प्राय निश्चित रहेको छ । १३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार वनेका कृष्ण प्रसाद सिटौलाको सहयोग लिएर देउवा सभापतिमा निर्वाचित हुने आशामा रहेपनि अन्तिम समयसम्म सिटौलाले साथ नदिने उदघोष संस्थापन इतर पक्षले गरीरहेका हुनाले अहिलेकै अवस्थामा सभापति वन्छन् भन्न सकिने अवस्था देखिदैन ।

संस्थापनपक्ष र संस्थापन इतर दुवै पक्षलाई आ आफ्नो प्यानल वनाउन हम्मेहम्मे परेको छ । उपसभापति महामन्त्री र सहमहामन्त्रीका आकाक्षी धेरै भएकाले गुटमा नपरेका खण्डमा केही नेताहरुले गुट परिर्वतन गर्न सक्ने भएकाले देउवा पक्ष र इतर पक्षले पहिला अर्को पक्षले आफ्नो प्यानलको घोषणा गरोस् भनि एकले अर्कोलाई हेरिरहेका छन् । अन्यपार्टीहरु वाट काग्रेसमा प्रदेश गरेका व्यक्तिहरुलाई समेत मिलाउनु पर्ने भएकोले गर्दा देउवा र इतरपक्ष दुवैलाई प्यान वनाउन फलामको च्यूरा चपाउन सरह भएको छ । त्यही हुँदाहुदै पनि इतरपक्षवाट जो सभापतिका उम्मेदवार वनेपनि डा. शशाक कोइराला भने उपसभापतिको उम्मेदवार हुने निश्चित जस्तै भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports