विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

845
shares

आजबाट विराटनगरस्थित सहिद रंगशालामा सुरु भएको पाचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटलब प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कमजोर भुटानलाई ३–० ले पराजित गर्‍यो । योसँगै नेपालले भुटानविरुद्ध शतप्रतिशत जितको श्रृंखलालाई पनि निरन्तरता दियो । यसअघिका दुई भिडन्तमा नेपाल समान ८–० ले विजयी भएको थियो ।

सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको नेपालले १३ औं मिनेटमा अग्रता लियो । मञ्जलीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । पहिलो गोल गरेको तीन मिनेटपछि नै नेपालले अग्रता दोब्बर बनायो । नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले भुटानको डिफेन्सको गल्तीको फाइदा उठाउँदै १६औं मिनेटमा गोल गरिन् ।

पहिलो हाफमा २–०को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप १ गोल ग¥यो । कप्तान निरुले सावित्राको पासमा ५४ आंंै मिनेटमा गोल गर्दै नेपाललाई ३–०को अवस्थामा पुर्‍याइन् ।

समूह एमा रहेको नेपालले समूह चरणको चैत २ गते बंगलादेशसँग खेल्ने छ । घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य लिएको नेपालले प्रतियोगितामा भारतबाहेक सबै टोलीविरुद्ध शतप्रतिशत नतिजा निकालेको छ । साफ च्याम्पियनसिपमा नेपालले ४ खेल मात्र गुमाएको छ । ति चारै खेल नेपालले भारतसँग गुमाएको हो । प्रतियोगिता अन्तर्गत बुधबार चारपटकको विजेता भारत र माल्दिभ्स भिड्ने छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage

below entertainmnet insurance
napali patro below sports