विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेबोनको अध्यक्ष चयन प्रक्रियामा दोस्रो पटक अन्तर्वार्तामा बोलाउँदा पनि ३ जना प्रतिस्पर्धी अनुपस्थित

780
shares

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन प्रक्रियाले नयाँ मोड लिएको छ । दोस्रो पटक अन्तर्वार्तामा बोलाउँदा पनि ३ जना प्रतिस्पर्धी अनुपस्थित हुँदा चयन प्रक्रिया नै अन्योलमा परेको हो ।

अन्तर्वार्ताका लागि छानिएका ५ जनामध्ये ३ जनाले दोस्रो पटक प्रस्तुति दोस्रो पटक बहिस्कार गरेका छन् । यससँगै कानुनी व्यवस्थाअनुसार अघि बढ्नेगरी छानबिन समितिले तयारी गरेको छ । मन्त्रीपरिषद्को बैठकमा ५ जनामध्येबाट ३ जनाको नाम छानेर सिफारिस गर्नुपर्ने हुन्छ । यसअघि असार २ गतेका लागि कार्यपत्र प्रस्तुतिका लागि सर्टलिस्टमा परेका ५ जनालाई बोलाइएको थियो । सो कार्यपत्र प्रस्तुतिका क्रममा २ जना मात्र उपस्थित बनेका थिए । ३ जना अनुपस्थित नबनेपछि आज बुधबारका लागि पुनः समय तोकिएको थियो । आज ९ बजेलाई बोलाइएको अन्तरवार्तामा समेत कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारी अनुपस्थित बनेका हुन् । उनीहरू नै यसअघि २ गतेको अन्तरवार्तामा समेत अनुपस्थित बनेका थिए । २ गते अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ उपस्थित बनेका थिए ।

राजनीति स्वार्थको टकराब नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिचको स्वार्थले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया विवादित बन्न पुगेको बताइन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मान्छे जसरी पनि बोर्डमा पठाउन चाहेपछि विवाद बढेको एक अधिकारीले बताए । ओलीले आफू निकट दीपक भट्टको स्वार्थमा सन्तोष नारायण श्रेष्ठलाई जसरी पनि अध्यक्षमा नियुक्त गर्नुपर्ने अडान राखेपछि समस्या उत्पन्न भएको स्रोतको दाबी छ । यता सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र अर्थमन्त्री वर्षमान पुनले समेत आफू अनुकूल व्यक्तिलाई धितो पत्र बोर्डको अध्यक्ष बनाउन चाहेपछि दुई पक्षको भिडन्तमा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्योलतामा फसेको ती अधिकारीको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports