kumari
stcnepal

‘चाइनाको रेल’ को भिडियो सार्वजनिक

काठमाडौं– दोश्रो ‘नेपाली तारा’ सन्तोष लामाको स्वर रहेको गीत ‘चाइनाको रेल’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ ।

गीतमा हाँस्य कलाकार क्षेत्री, गायिका इन्दिरा जोशी, मुस्कान रानी, सन्तोष लामा र क्रिस्टल क्लज ग्रुपको नृत्य छ ।

सन्देशजङ्ग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायाँकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई सन्दिप क्षेत्री र सन्देशजंग रानाले निर्देशन गरेका हुन् ।

यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ५० हजार नगद पुरस्कारको समेत घोषणा गरिएको छ । यस्तै,नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार नगदको समेत घोषणा गरिएको छ ।

footer