गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हेटौंडामा कलाकारको क्रेज

767
shares

नायक सलिनमान बनियाँ हेटौडामा आयोजित ‘औद्योगिक मेला’मा पुग्दा उनलाई हेर्न हजारौ दर्शक पुगेका छन् । फागूण १६ गतेदेखि चलिरहेको औद्योगिक मेलामा २० हजार भन्दा बढी दर्शक उपस्थित भएका थिए ।

सलिनसँगै चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य, निर्माताहरु सुशिल पोखरेल, केशव भट्टराई र चिजकुमार श्रेष्ठ मेलामा पुगेका थिए । करिब १० मिनेट स्टेजमा देखिएका सलिनले चलचित्र ‘यात्रा’मा समावेश ‘चट्ट रुमाल क्या मालुम’ गीतमा नृत्य गरे भने केही संवाद पनि सुनाए ।

सलिनले यो चलचित्रका लागि आफूले निकै मिहिनेत गरेको पनि सुनाए । उनले, हजारौ दर्शकको माझमा आउँदा आफूलाई निकै नै रमाइलो भएको समेत सुनाएका थिए । ‘नमस्ते हेटौडा’ भन्दै स्टेज चढेका सलिनलाई दर्शकले हुटिङ गर्दै स्वागत गरेका थिए ।

प्रस्तुतकर्ता केशव भट्टराइले हेटौडाले चलचित्र क्षेत्रलाई र कलाकारलाई कती माया गर्छ भन्ने मेलामा देखिएको भीडले पनि प्रष्ट भएको बताए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports