नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने, सावधानी अपनाउन विज्ञहरूको आग्रह

650
shares

काठमाडौँ । नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म भारी वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए ।

विज्ञ उप्रेतीकाअनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख भन्दा बढीको हानी नोक्सानी भएको छ । त्यस्तै भरी वर्षा सुरु हुनुभन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आगामी तीन महिनाभित्र नेपालमा विपद्बाट ठुलो नोक्सानी हुने देखिएको उनले बताए । उनले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरू बाढी र पहिरोका कारण ध्वस्त भएको बताए । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरू (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।

उनले भने, ‘नेपालमा मनसुन सुरु भएको २५ दिन लगभग भयो । जेठको २८ गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो । मनसुनले सुरुवाती अवस्थामा नै धेरै ठुलो हानी नोक्सानी गरेको छ । हिजोसम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ । ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ । ४६ वटा भौतिक संरचनाहरू पनि यही बीचमा बाढी पहिरोका कारणले ध्वस्त भएका छन् । मान्छेको जीविकोपार्जनसँग जोडिएको पशुचौपाया लगभग २५९ वटा मरेका छन् । २५ दिनमा ४ सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) का घटना भए । त्यसमा भएको क्षति हो भयो ।’

विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दाको क्षति ठुलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताए । उनले समयमा नै सरकारले विशेष ध्यान दिन र शतर्कता अपनाउन नसके विपद्बाट ठुलाे क्षति हुने निश्चित रहेको बताए । नदी किनारमा भएका बस्तीहरू, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको उनले बताए । उनले मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताए । उनले विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरूलाई सचेत गराउन आवश्यक रहेको बताए । विज्ञ उप्रेतीले मनसुनको न्यूनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आइतबारसम्म सावधानी अपनाउन आग्रह गरे । उनले पोखरा, काठमाडौँ, सुदूरपश्चिममा दिपायल, कोशी प्रदेशका केही भूभागमा अत्यधिक वर्षा हुने बताए । उनले भूबनावटले थेग्ने भन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको बताए ।

पानी पर्ने तरिकामा परिवर्तन भयोविज्ञ उप्रेतीले पछिल्ला केही दिन यता पानी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताए । उनले एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताए । उनले एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरू डराउने गरेको उल्लेख गरे । आगामी दिनमा पनि सीमित क्षेत्रमा ठुलो र लामो समय पानी पर्ने भएकाले सतर्क रहन उनले आग्रह गरे । तराई र सहरी क्षेत्रमा बाढी आउने मात्र नभई डुबान पर्ने सम्भावना रहेको उनले बताए । क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरू सचेत हुने र विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनले बताए ।

उनले भने, ‘पानी पर्ने तरिकामा अहिले परिवर्तन हुँदै गएको देख्न सकिन्छ । एकै ठाउँमा मुसलधारे पानी पर्छ । यस्तो पानी परेको अवस्थामा मानिसहरू डराउने अवस्था हुन्छ । आगामी दिनमा पनि सीमित क्षेत्रमा मात्रै धेरै वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षा भएको क्षेत्रमा बढी जोखिम हुनसक्नेछ ।’ निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताए । उनले नदी किनारमा बनाइएका संरचनाहरुः जस्तै ऊर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरू बनाउँदा दीर्घकालीन रूपमा सोचेर बनाउनुपर्ने बताए । उनले भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट, रडहरू बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिए । उनले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports