नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल एयरलाइन्सको जहाजको इन्जिन मर्मतको विषयमा छानबिन गर्न समिति गठन

650
shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल एयरलाइन्सको जहाजको इन्जिन मर्मतको विषयमा छानबिन गर्न समिति बनाएको छ ।

निगमले आफ्नो ए३२० वायुयानको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाएको थियो भने ए३३० को ३ सी चेकका लागि इटाली पठाएको थियो । सो सम्बन्धमा प्रश्न उठेपछि छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी मन्त्रीस्तरीय बैठकबाट मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरन्त मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा प्राधिकरणका अर्का पूर्वमहानिर्देशक रतिशचन्द्र लाल, चार्टर्ड एकाउन्टेन्ट, कानुनविज्ञ सदस्य छन् भने मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराई सदस्य सचिव छन् । मंगलबार छानबिन समिति गठन भएलगत्तै बिहीबार समितिले निगमका कार्यकारी अध्यक्षलाई सम्बोधन गरेर आवश्यक कागजात र विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।

पत्रमा भनिएको छ, ‘उपरोक्त छानबिन कार्यका सम्बन्धमा देहायका कागजात तथा विवरणहरू, पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र समितिलाई उपलब्ध गराइ सहयोग गरिदिनहुन निर्णयानुसार अनुरोध गरिन्छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports