गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब बन्ने सरकारलाई असफल हुने छुट हुदैन : अध्यक्ष ओली

780
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई पार्टी कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दुई ठूला दल मिलेर बनाउने अबको सरकारलाई असफल हुने छुट नभएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले कतिपय कम्युनिष्ट हुँ भन्ने नेताहरू केपी ओलीलाई प्रधानमन्त्री हुन दिनुहुँदैन भनेर लागिरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो- तर, सरकार परिवर्तन हुन्छ, हामी सरकारमा हुन्छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिको नाममा कांग्रेसलाई सरकारमा भित्र्याउने र एमालेलाई गतवर्षजस्तै सरकारबाट बाहिर निस्कन बाध्य पार्ने योजनाका साथ अगाडि बढेपछि अहिलेको नयाँ परिस्थिति सिर्जना भएको स्पष्ट गर्दै अध्यक्ष ओलीले दुई ठूला दल नयाँ समीकरणका लागि समझदारी गरिसकेको परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा हास्यास्पद भएको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई अत्यन्त उदारमनका साथ प्रधानमन्त्री बनाइएको र एमाले सरकारमा सहभागी भन्दा पनि सहयोगीको रुपमा मात्र उपस्थिति भएर सहयोग गरेको चर्चा गर्दै अध्यक्ष ओलीले अनेक प्रयास गर्दा पनि देशले भोगिरहेका समस्या समाधान गर्ने दिशामा सरकारबाट ठ्याक्कै केही नभएको बताउनुभयो । अध्यक्ष ओलीले सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका लागि समाधानसहितका ठोस सुझाव दिन विभागहरूलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको योजना फरक विषय भएकाले पार्टी निरन्तर मिसन-२०८४ मा लाग्ने स्पष्ट गर्दै मिसन-२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र शिथिल पार्न नहुने बताउनुभयो । बैठकमा महासचिव शंकर पोखरेलले एमाले र नेपाली कांग्रेस राजनीतिक स्थायित्व र देशको समग्र क्षेत्रमा सुधारको सङ्कल्प र अठोटका साथ अगाडि बढ्ने समझदारीमा पुगेको प्रसङ्ग जोड्दै सरकारलाई त्यस काममा सहयोग पुग्नेगरी विभागहरूबाट सुझाव दिन निर्देशन दिनुभयो ।

महासचिव पोखरेलले दुई ठूला दलले संयुक्त सङ्कल्प गरेका हुँदा नयाँ सरकार गठनपछि अर्थतन्त्रमा सुधार, जनतामा रहेको निरासालाई आशामा बदल्नेलगायत तमाम समस्या समाधानका दिशामा देश अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुरुमा दुई ठूला पार्टीबीच समझदारी भएपनि राष्ट्रिय सहमतिको सरकारको आधार तयार गर्ने गरी न्यूनतम साझा कार्यक्रम तयार गरेर अगाडि बढिने स्पष्ट गर्नुभयो । बैठकमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, उपमहासचिव तथा संसदीय विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङलगायत पार्टीका ३२ वटै विभागका प्रमुखहरूले आ-आफ्ना विभागका कामका बारेमा कुरा राख्नुभएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports