गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

624
shares

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि आज बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। एक महिना अघि जेठ २५ गते ५५ जना प्रदेशसभा सदस्यको समर्थनमा मधेसको मुख्यमन्त्रीको रूपमा नियुक्त सिंह संवैधानिक व्यवस्थाअनुसार आज पुन: विश्वासको मत लिन लागेका हुन्।

सरकार गठन भएको र अहिलेको अवस्था फरक छ। यद्यपि एमाले, कांग्रेससहितका दलले विश्वासको मत दिने तयारी गरेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउनसक्ने अवस्था देखिएको छ। जनमत पार्टीका सांसद सिंहलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ५५ जनाको समर्थनसहित दावी पेश गरेका थिए। तर विश्वासको मत लिने समयमा केन्द्रमा गठबन्धन दल फेरिएको छ।

गठबन्धन दल फेरिएसँगै मुख्यमन्त्री सिंहले विश्वासको मत पाउने अथवा नपाउनेमा शंका उत्पन्न भएको हो। सिंह नेतृत्वको सरकार टिकाइराख्न ५४ जना सांसदको समर्थनको आवश्यक छ।नेकपा एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले आफूहरू मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने बताए। उनले आफूहरूले नै सिंहलाई मुख्यमन्त्री बनाएकाले उनी नेतृत्वको सरकारलाई टिकाउने बताए।मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै कांग्रेसलगायतका दललाई सहभागी गराउने तयारी रहेको यादवकाे भनाइ छ।

यता, जनमत पार्टीका सांसद वसन्त कुशवाहाले आफूहरू पनि केन्द्रीय गठबन्धनमा रहेको बताए। उनले आफूहरूसमेत नयाँ गठबन्धनमा रहेकाले मुख्यमन्त्रीको विश्वासको मतमा साथ दिने बताए।उनले दुई तिहाई सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने आंकलन रहेको पनि बताए।जसपा नेपालका संसद एवं पूर्व मुख्यमन्त्री लालबाबु राउतले नयाँ गठबन्धनभित्र अहिले सघन छलफल हुन नसकेको बताए। उनले पहिलो चार पार्टी एक ठाउँमा रहेकोमा अहिले त्यही ठाउँमा रहेको र कुनै सहमति भएको खण्डबाहेक विपक्षमै मत दिने बताए।यता, माओवादी केन्द्रका संसदीय दलका नेता एवं वर्तमान अर्थमन्त्री भरतप्रसाद साहले यस सम्बन्धमा केही बोल्न चाहेनन्।

जनमत पार्टी नेतृत्वको सरकार टिकाउन ५४ जना प्रदेशसभा सदस्यको समर्थनको आवश्यकता रहेकोमा जनमतका १३, एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एसका ७, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १।१ गरी मधेस प्रदेशसभामा हाल १०६ जना सांसद छन्। हाल मुख्यमन्त्री सिंह नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनले विश्वासको मत पाउन नसकेको अवस्थामा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने संवैधानिका व्यवस्था छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports