विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जापानले नेदरल्यान्डसलाई बराबरीमा रोक्यो

676
shares

फिफा विश्वकम-२०२६ अन्तर्गत गएराति भएको खेलमा जापान र नेदरल्यान्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन्।

तुलनात्मक रुपमा बलियो मानिएको नेदरल्यान्ड्सलाई जापानले २-२ को बराबरीमा रोकेको हो।अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार मध्यराति भएको समूह ‘एफ’ को खेल २–२ को बराबरीमा टुंगिएको हो।

पहिलो हाफमा नेदरल्यान्ड्सले धेरैजसो बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन। दोस्रो हाफलको ५१ औँ मिनेटमा भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले अग्रता लियो।त्यसको ६ मिनेटपछि नै जापानले खेल बराबरीमा ल्यायो। ५७ औं मिनेटमा केइटो नाकामुराले जापानका लागि बराबरी गोल गरे।लगत्तै ६४ औँ मिनेटमा क्रिसिएनसिओ समरभिलले आफ्नो टिमको लागि गोल गर्दै नेदरल्यान्ड्सलाई २- १ को अवस्थामा पुर्याए।

दाइची कामादाको गोलमा जापानले ८९ औं मिनेटमा खेल पुनः २–२ को बराबरीमा ल्याएको थियो। त्यसपछि खेलमा दुवैतर्फबाट कुनै गोल हुन सकेन।नेदरल्यान्ड्सले १९७४, १९७८ र २०१० मा गरी तीन पटक विश्वकपको फाइनल खेलेको छ। तर सबै खेलमा उपविजेतामै चित्त बुझाएको छ।

सन् १९९८ मा जापानले पहिलो पटक विश्वकप खेलेको थियो। त्यसयता सबै विश्वकपमा जापान सहभागी हुँदै आएको छ।फिफा वरीयतामा जापान १८औँ स्थानमा छ। नेदरल्यान्ड्स भने ८ औँ स्थानमा छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports