linktrix Long Ad
Salt Trading Long Ad

अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट

416
shares

काठमाडौं । अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने मिति तय भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो गिरावट आएको छ ।

मध्यपूर्वमा लामो समयपछि शान्ति हुने आशा बढेसँगै यसको प्रत्यक्ष प्रभाव कच्चा तेलको मूल्यमा परेको हो ।

विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य करिब ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल ८४ डलर पुगेको छ । अमेरिकी क्रूड तेल ४.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८१ डरलमा रहेको छ । यो गत मार्च ४ यताकै सबैभन्दा न्यून मूल्य हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports