नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेन साहले १७ गते संघीय संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाति छ, संसदमा माफी मागेर अभिव्यक्ति फिर्ता लिनुपर्दछ : नेता थपलिया

858
shares

हेटौडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन् ।

उनले संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको नेपाल–भारत सीमाका सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएको बताए ।बागमती प्रदेश सभाको सोमबार बसेको बैठकमा बोल्दै नेता थपलियाले प्रधानमन्त्रीको उक्त कदमले इतिहासमा कालो धब्बा पोतिएको टिप्पणी गरे । प्रधानमन्त्रीले संसद्मार्फत नेपाली जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनले माग गरे । बागमती प्रदेश सभाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति विरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्ने उनको भनाइ छ ।

नेता थपलियाले संघीय सरकारको नयाँ बजेट जनविरोधी भएको आरोप लगाए । विशेषगरी विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत भ्याट र विद्युतीय सवारी साधनमा थपिएको २२५ प्रतिशतसम्मको करले स्वदेशी उद्योग र वातावरणमैत्री पहललाई निरुत्साहित गरेको उनले बताए ।‘जेठ १७ गतेलाई इतिहासकै कालो दिन सावित भएको छ । नेपाली जनताले धेरै आशा गरेका प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्नु राष्ट्रकै अपमान हो । भारतीय सञ्चारमाध्यमले समेत दाबी नगरेको कुरा हाम्रा प्रधानमन्त्रीले बोलेर विश्वसामु नेपालीको शिर निहुराउने काम गर्नुभएको छ । एकातिर हामी विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने भन्छौँ । अर्कोतिर २२५ प्रतिशत कर थप्छौँ । यो कस्तो नीति हो ?’

नेता थपलियाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको अतिरिक्त करको पनि विरोध गरे । सरकारले बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थी र अभिभावकले ३ प्रतिशत शिक्षा कर तिर्नुपर्ने र स्वास्थ्य क्षेत्रमा पनि उस्तै भार थपिएको उनको भनाई छ । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमबाट निजी अस्पतालहरुलाई हटाइनु अन्यायपूर्ण भएको छ । नेकपा एमाले संघीय सरकारको उक्त विभेदकारी कर नीतिहरूको खण्डन गर्ने र यसमा सुधार ल्याउन दबाब दिने उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports