गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामीलाई विश्वास गर्नोस्, बालेनले देश बनाउँछ ?

728
shares

 

बालेनले देश बनाउँछन् कि ३ महिनामै हराउँछन्, सडक र संसदमा प्रतिपक्षीले गरेको उग्रविरोधले अनेक प्रश्न उठाएका छन् । बालेन सही छन् र बालेन देश घातक हुन् भन्ने दुई धार राजनीतिक धरातलमा जमजमाइरहेका छन् । झट्ट हेर्दा झन्डै दुई तिहाईको सरकारलाई ५ वर्ष कुनै विपक्षीले हल्लाउन पनि सक्ने देखिदैन । तर राष्ट्रघाती भनेर अपमानको अगेनामा डढाउँदा डढाउँदै बालेन साह कालाम्मे हुने हुन् कि भन्ने खतरा पनि छ । यद्यपि बालेन साह राष्ट्रघाती होइनन्, उनले नेपाल भारतवीच रहेको सीमा समस्या सधैं किचलोको विषय राख्नु हुन्न भनेर टुङ्ग्याउने तुरुप खेलेका छन् । कहिले कहिले तुरुपको एक्का पनि एक्लो बृहस्पतिझैं झूठा हुने जोखिम रहन्छ । यद्यपि यही बेला पार्टी सभापति रवि लामिछाने भारत भ्रमण गरेर सीमा समस्या टुङ्ग्याउन मूल भूमिका निर्वाह गरेर फर्किएका छन् । भारतको सत्तारुढ दल र सरकारसँग विशेष महत्वको वार्ता गरेर फर्किएका रास्वपा सभापतिबाट भारतसँग सधैं शिर निहुराउने, लम्पसार पर्ने पार्टी, नेताहरु आश्चर्यमा परेका छन् । यो घटनाले प्रम बालेन साहलाई सुरक्षित निरन्तरताका लागि कति लाभदायक शिद्ध हुने हो, त्यो जेठ २५ गते बस्ने संसदको बैठकमा सहमति कायम हुन्छ वा हुन्न, विपक्षीको कडा रुख नरम हुने वा होइन, प्रम बालेन साहले कुन रुपमा आफूलाई संसदमा उभ्याउँछन्, त्यसबाट निक्र्यौल निस्कन सक्नेछ ।
संविधानविद, विज्ञहरु प्रम बालेन साह झुक्छन्, हार खान्छन् भन्ने विश्वास गर्दैनन् । रास्वपाले पनि पार्टी नेतृत्वको सरकारलाई सुरक्षित राख्न अहम् भूमिका खेल्ने निश्चत छ ।
हो, यही भनेका थिए रविले चुनावी सभामा । रविको त्यो आत्मविश्वासलाई विश्वास गरेर जनताले चुनावमा भोट खन्याइदिए । रास्वपा चमत्कारिक र अविश्वसनीय रुपमा चुनावी परीक्षामा उत्तीर्ण भयो । स्थापित र ठूला भनिएका नेता र पार्टी किनारामा पुगे ।
२०४६ सालदेखि नीति, निष्ठा, नैतिकता, सिद्धान्त स्खलित हुँदै हुँदै नाङ्गेझार भइसकेको बहुदल, लोकतान्त्रिक गणतन्त्रलाई जनताले परास्त गरिदिए । रास्वपा लक्ष्य शान्ति, समृद्धि, स्थिरता नै थियो तर नयाँ गतिमान डिपार्चर लिएर सत्तामा पुग्यो । रास्वपा सत्तामा पुग्नुको अन्तर्य भनेको सेवाग्राहीलाई डेलिभरी नै थियो ।
रविले पार्टीलाई हाँके, उनको प्रतीक थिए बालेन । अब नेपालको नेतृत्व उमेर र इतिहासले गर्दैन, युवाको सोच, योजना र साहसले गर्छ भन्ने उद्घोष थियो ।
रविको आग्रहमा बालेनले चुनावी मैदानमै काम गर्ने आवेग देखाए । आमजनतालाई यो जोडीको आत्मविश्वास मन प¥यो । रविको राजनीतिक सुझबुझ र बालेनको कार्यशैली गजबैको छ । रवि र बालेनप्रति युवा आकर्षण व्यक्तिको उदयभन्दा पनि जनता परिवर्तन चाहन्छन्, परिवर्तनका लागि जनतामा विद्यमान छटपटीको पराकाष्ठा थियो । बहुदल र लोकतन्त्रपछि पनि देश र जनतामा बढ्दो असन्तुष्टि र छटपटीको परिणाम थियो । जुन परिणाम फागुन २१ को चुनावमा जनताको सामुहिकतामा ज्वारभाटाझैं फुट्यो ।
बदल्यो, राजनीतिको परिदृश्य नै बदल्यो । महानगरको मेयरमा बालेन साहले जसरी आश्चर्यचकित पारेर जितेका थिए, आमनिर्वाचनमा रास्वपाले अनुमान गरेभन्दा बढी सिट जिते ।
रास्वपाले चुनाव जित्नु र जेनजी सरकार बन्नु भनेको इतिहास बदलियो, परम्परा बदलियो । राजनीति गर्ने तरिका र सत्ता हाँक्ने सिप पनि बदलियो । व्यवस्था बदलियो, व्यक्ति पनि बदलिए, जनताको आत्मविश्वास बढ्यो ।
हो, लोकप्रियतावाद मेयरको चुनावदेखि बढेको हो । आमचुनावमा पनि बढ्यो, परिवर्तित सत्तामा पनि देखियो । जसको कोही छैन, उसको सरकार छ, अदालत छ भन्ने अनुभूति दिलाउने अनुभूति दिलाउन नयाँ सरकारले प्रयत्न थालेको छ । आश्चर्य त के छ भने भोट बैंक, कार्यकर्ता परिचालन गरेर चुनाव जित्ने प्रचलन असफल भयो, यसपल्ट देखि सामाजिक सञ्जाल र संवादको शक्ति स्थापित भएको छ । बालेनको सांस्कृतिक सभ्यताको जगेर्ना र जनतालाई जोड्ने कला चुनावी सफलता बन्न पुग्यो । बालेनको कलाले देशका बौद्धिक जमात, आम जनता र कूटनीतिक समुदायलाई समेत प्रभाव पार्न सफल भयो । यो नयाँ शैलीले आत्मनिर्भरता, इतिहासको जिवन्तता र सांस्कृतिक विकासलाई पनि उठाएको छ ।
सरकारमा पुगेपछि बालेनले जो जतिसुकै शक्तिवान भए पनि कानुनको दायरामा ल्याउन सकिन्छ भन्ने मानक स्थापित गराएका छन् । समाजवाद र सर्वहारावादको नयाँ परिभाषा स्थापित गर्दै बालेनले नगरप्रमुख हुँदैदेखि गरीवले पनि पढ्न पाउनुपर्छ भनेर व्यापक छात्रबृत्तिको प्रवन्ध जो गरेका छन्, त्यो प्रशंसनीय मानिएको छ । बालेनले भ्रष्टाचार गर्दैन, आफ्नो पराई भन्दैन, सामाजिक न्याय उसको सिद्धान्त हो भन्ने सबैलाई विश्वास दिलाएका छन् । रविको लोकप्रियता र बालेनको ख्यातिले रास्वपालाई चुनावमा भारी बहुमत पायो । रवि संरक्षक हुन् भने बालेन रास्वपाको पुँजी हुन् । यो जोडीले काम गर्न पायो भने समाजमा जे जति राजनीतिक फोहर छन्, ती सफा हुन लामो समय लाग्नेछैन ।
चुनाव अघि र पछि पनि नागरिक भ्रमपूर्ण सपनामा विश्वास गर्न छाडिसकेका छन् । नागरिकलाई परिणाम चाहिएको छ, पाउनैपर्ने नागरिक हक र सेवामा सहजता देखिनुपर्छ । करको सदुपयोग भएको हुनुपर्छ र भ्रष्टहरु दण्डित हुनुपर्छ भन्ने नै हो । वास्तवमा नागरिक यही अपेक्षा भनेको सुशासन हो । सुशासन दिन्छु भन्ने रास्वपाको कबुल छ, करार पनि छ । बालेनले परिणाम दिन्छन्, बालेनलाई सबैले सघाउनु पर्छ । दुर्गतिको यथास्थितिमा परिवर्तन बालेन र रविको कामले ल्याउन सक्छ ।
रवि र बालेनले ’हामी सक्छौं’ भन्ने आत्मविश्वास देखाउँदै आएका छन् । नयाँ छन्, कमीकमजोरी हुनसक्छ, सच्याउँदै अघि बढ्न सके, सबैले सहयोग गरे भने नेपालमा परिवर्तन आउने छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका लागि सेवा प्रवाह चुनावी एजेण्डा बनेका थिए, त्यही जगमा नयाँ शक्ति उदया भयो । यो शक्तिले सत्ता र राजनीतिको यकिन अर्थ र औचित्य प्रमाणित गर्नसक्नुपर्छ ।
हामी पुराना दल, हामीले बहुदल ल्यायौं, हामीले राजा फालेर गणतन्त्र स्थापित ग¥यौं, हिन्दराष्ट्रलाई धर्मनिरपेक्ष बनायौं भन्नेजस्ता भाष्य प्रचार गरेर ब्याज खाने दिन फागुन २१ को चुनावपछि समाप्त भएको छ ।
देश कस्तो बनाउने, देशवासीलाई कुन कुन अवसर दिने, अस्तित्व रक्षा कसरी गर्ने ? युवाले रोजगारी कसरी पाउनेछन् ? समानता र क्षमताको कदर हुन्छ कि हुन्न ? दण्ड र पुरस्कारको प्रवन्ध के छ ? नैतिकहीनलाई दण्ड र सभ्य समाजको सिर्जना गरिन्छ कि गरिदैन ? यस्ता अनेक प्रश्नहरु छन्, जुन प्रश्नहरु रास्वपा र बालेन सरकारका सामु उभिएका छन् । पुरातन सोच होइन, उत्तर वैचारिक सोच राजनीति बनेको छ ।
सभापति रवि लामिछानेले बालेनले देश बनाउँछ भन्ने विश्वास जगाउन जति सजिलो छ, बालेनलाई देश बनाउन उति नै चुनौती रहेका छन् । यो चुनौतीको पहिलो धराप ‘जेठ १७ गते संसदमा प्रम बालेनले बोलेको कुराको एक अंश– नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने हुनपुगेको छ । तीललाई पहाड बनाउन जरुरी थिएन तर विपक्षीहरुले यसलाई अन्धराष्ट्रवादको ब्रम्हास्त्र बनाए र बालेनको छातीमा दाग्न तैयार भएका छन् । विपक्षी एक भएर बालेनलाई निहुरीमुन्टी न बनाउन चट्टानी अडान राख्दैछन् भने बालेन साह फेरि संसदमा उभिएर जवाफ दिन तैयार भएका छन् । देश बनाउन दायित्व सत्ता र विपक्षी दुबैको हो । ५ वर्षलाई म्याण्डेट पाएको रास्वपाले सत्ताकै नेतृत्व परिवर्तन गरे पनि रास्वपालाई हराउन, हल्लाउन सकिने छैन । बरु सबैले होस्टेमा हैंसे गरेर स्थिरता, शान्ति र समृद्धिमा लागिपर्नु उचित थियो । यो उचिततातिर प्रतिपक्षी दलहरुको ध्यान गएको छैन, प्रतिपक्षीको एउटै एजेण्डा छ– रास्वपालाई असफल पार्ने, बालेनलाई पदच्यूत गराउने ।
प्रतिपक्षीको यो थोत्रो मानसिकता सार्थक हुन मुस्किल छ । प्रतिपक्षीले बालेन र रास्वपालाई ठग र राष्ट्रघाती भन्ने आरोप लगाएर शिशाझैं चकनाचूर पार्ने भीम प्रयत्न गरिनै रहेका छन् ।
रवि लामिछानेको छवि र बालेन साहको डाँफेको जस्तो बेगमा विवेक जोड्न सकियो भने रास्वपाले नेपाली राजनीतिमा इतिहास बनाउन सक्छ । असफलझैं बनिसकेको नेपालले गुमेका विश्वको विश्वास जित्नेछ र नेपालमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, कूटनीतिक क्षमताको विकासका साथै राजनीति भनेको जनसेवा हो भन्ने छाप पनि बस्नेछ ।
राजनीतिलाई व्यवसाय बनाउनेहरु रास्वपा र बालेनको सेवाभावबाट त्रसित भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports