linktrix Long Ad
Salt Trading Long Ad

सरकारले भेटेन सर्वोकृष्ट कर्मचारी, ४० जनालाई पुरुस्कार दिदै

533
shares

सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरिको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो ।

दिवसको अवसरमा सरकारले १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । तर, यो वर्ष पनि सरकार सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी छनोट गर्न भने असफल भएको छ । २०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशिसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो ।

१० जनालाई १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार दिइन्छ । पछिल्लो पटक २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता हरेक वर्ष निजामती र उत्कृष्ट निजामती सेवा पुरस्कार मात्र दिइएको छ । सर्वोत्कृष्ट सरकारी भने नभेटिएको भन्दै पुरस्कार नै दिइएको छैन । आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports