कस्को लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति ?
वि.सं.२०८१ मंसिर २ आइतवार ०८:४७
shares

आफ्नो पार्टी कमजोर बन्दै जाँदा फेरी सत्ता पुग्न दाहालको चलखेल
काठमाडौँ । राजनीतिलाई विश्वमा नै नीतिहरुको उत्तम नीति भनिने प्रचलन भएपनि नेपालमा भने ठिक उल्टो कमाई खाने भाँडोको रुपमा प्रयोग गरिदै आएकाले राजनीति प्रति जनताको विश्वास घट्दै गएको छ । त्यहि कारणले गर्दा हाम्रो राजनीतिलाई धमिराले भित्रभित्रै खाँदै छ र भित्र भित्रै खोक्रो बनाउदै गएको छ । त्यति हुँदा पनि नेताहरु सहज भएका छैनन् । त्यहि कारणले गर्दा राजनीति र राजनितिज्ञहरु प्रति जनतामा वितृष्ण बढ्दै गएको छ । आ–आफ्नो पार्टीका कार्यकर्ताहरुले जय जयकार गरेको भरमा आफु लोकप्रिय छु भन्ने नेताहरुमा घमण्ड बढेको र उनीहरुले जनतालाई होइन् आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई हेरेर पार्टीका नीति तथा कार्यक्रमहरु बनाउने भएका कारण उनीहरु प्रति जनतामा वितृष्ण बढ्दै गएको प्रष्ट हुँदै गएको छ ।
मुलुकका नेताहरुले समर्ग मुलुकलाई र सबै तहका जनतालाई हेर्नुपर्नेमा त्यस्तो अवस्था नेपालमा देखिदैन् । पाँच बर्षमा एक पटक जनताले मत हाल्न पाउनुलाई लोकतन्त्र भन्न सकिदैन् । लोकतन्त्र भनेको आफैमा वृहत शब्द हो । अर्थात लोक वा जनताको तन्त्र हो । आज हामीकहाँ भने जनताको तन्त्र अर्थात लोकतन्त्रको नाममा लुटिखाने अभ्यास बढ्दै गएको छ । जनताका समस्या समाधान गर्नुको सट्टा राजनीतिज्ञहरु आफ्नो स्वास्र्थ मात्र पुरा गरिरहेका छन् ।
शेरबहादुर देउवा, केपि ओली, पृष्पकमल दाहाल पटक÷पटक प्रधानमन्त्री बनेका छन् तर जनताका समस्याहरु जस्ताका त्यस्तै छन् । पुष्प कमल दाहाल त पार्टी अध्यक्ष भएको ४० बर्ष भएको छ । ४० बर्ष सम्म आफ्नो पार्टीका अन्य नेतालाई उनले अघि बढ्न दिएनन् । जहिले सुकै आफै पार्टी अध्यक्ष बनेर सत्ताको नेतृत्व गर्ने गरेका हुनाले उनीप्रति जनताको विश्वास घट्दै गएको छ । तर पनि उनी जनतलाई झुक्याएर आफ्नो स्वार्थ पुरा गर्न लागिपरेका छन् । त्यहि कारणले गर्दा उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा उठाइरहेका छन् ।
दाहाल तिन पटक प्रधानमन्त्री बने कार्यकारी प्रधानमन्त्री आफु बन्दा जनताको हितमा के काम गरे ? आफ्नो सत्ता बचाईराख्न संसदका ठूला दुई दल कांग्रेस र एमालेलाई पटक÷पटक प्रयोग गरेर आफ्नो स्वार्थ मात्र पुरा गर्न उनी लागिपरेको जनताले देखेका र भोगेका विषय हुन् । आफु प्रधानमन्त्री रहेका बेला आफ्ना झोले र आफ्नो परिवार बाहेक उनलाई जनताको चिन्ता थिएन् चिन्ता थियो त आफ्नो सत्ता टिकाइराख्ने तर त्यसमा पनि उनी असक्षम सावित त्यो पनि आफ्नै कारणले गर्दा । दुई तिन महिनामा गठबन्धन तोडेर अर्को गठबन्धन बनाउने दाहालको कार्यशैलीकै कारण कांग्रेस र एमालेको गठबन्धन बनेको प्रष्ट भएको छ ।
कहिल्यै कांग्रेसलाई प्रयोग गरेर एमालेको विरोध गर्ने र कहिल्यै एमालेलाई प्रयोग गरेर कांग्रेसको विरोध गर्ने संसदको तेस्रो दल रहेको र अहिले प्रमुख विपक्षी दल रहेको माओवादी केन्द्रको नियति नै बन्यो । त्यहि नियतिका कारण कांग्रेस एमाले गएको असार १७ गते सात बुँदै सहमति गरेर सहकार्य गर्न बाध्य भए ।
पछिल्लो समयमा दाहाल आफु प्रधानमन्त्री रहेका बेला गठन भएको सहकारी ठगि सम्बन्धी छानविन समिति बन्यो । सो समितिमा कांग्रेस, एमाले, रास्वपा, राप्रपा लगायतका दलहरुको सहभागिता रहेको र सो समितिले सर्वसम्मत ढंगले प्रतिवेदन तयार गरी संसदलाई बुझाएको थियो ।
सो प्रतिवेदनलाई संसदले सर्वसम्मतले पारित गर्दै कार्यन्वयनका लागि सरकारलाई पठाएको थियो । सो प्रतिवेदन कार्यन्वयनको चरणमा रास्वपाका सभापति रवि लामिछाने लगायत अन्य केहि व्याक्तिहरु प्रक्राउ परेपछि तिनै दाहालले रविमाथि ओली सरकारले प्रतिशोध साँधेको आरोप लगाउँदै आएका छन् । आफु प्रधानमन्त्री रहेका बेला दाहाल र तत्कालिन गृह मन्त्री लामिछानेले सत्ताको दुरुपयोग गर्दै रवि माथि परेका उजुरी लुकाउनका लागि प्रहरी र तत्कालिन महान्यायधिवत्तालाई प्रयोग गरेको रहस्य अहिले खुलेको छ ।
रविलाई प्रतिशोध लिएको उद्घोष दाहालले गर्नु भनेको फेरी सत्तामा पुग्ने हतियार मात्र हो । निर्वाचनको बेला रास्वपा संग मिलेर आफुनो पार्टीलाई ठूलो बनाउने पक्षमा दाहाल रहेको प्रष्ट हुन्छ । त्यसैले उनी अहिले सरकारको विरुद्धमा त्यसमा पनि प्रधानमन्त्री ओलीको विरुद्धमा खनिदै आएका छन् ।
कांग्रेस, एमाले र माओवादीबाट दिक्क भएकाले मात्र जनताले केहि स्वतन्त्र व्याक्ति र रास्वपालाई समर्थन गरेका हुन् कांग्रेस र एमाले सच्चिएर आएमा माओवादी र रास्वपाका भविष्य के हुन्छ भन्न सकिने अवस्था अहिले छैन् ।
कांग्रेस, एमाले मिलेर मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन गरेका र १० बर्षे आन्दोलन गरेर १७ हजार भन्दा बढि जनताको हत्या गरेको माओवादीलाई समेत संवैधानिक मार्गमा ल्याएको हेक्का दाहाललाई भएकै हुनुपर्छ । २०६४ मा भएको निर्वाचमा माओवादीले झण्डै बहुमत १२० सिट ल्याएकोमा उसको अवस्था अहिले खुस्कदै गएकाले अहिले ३२ सिटमा खुम्चिन बाध्य भएको छ । दाहालको अहिलेकै चरित्रले गर्दा आउँदो निर्वाचनमा माओवादीको अवस्थामा कस्तो रहला ?





































