linktrix Long Ad
Salt Trading Long Ad

नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्दछ : संसद भण्डारी

754
shares

 

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद शंकर भण्डारीले नेपाललाई विश्वसामू चिनाउन पनि हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने बताउँदै अधिकांश जनता हिन्दुराष्ट्रका पक्षमा र प्रदेशसभा खारेजीको पक्षमा रहेकाले कांग्रेसले जनताको भावनाअनुसार अघि बढ्नु पर्ने बताएका छन् ।
सांसद भण्डारीले उक्त कुरा नेपाली कांग्रेसको भातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँले दमौलीमा आयोजना गरेको प्रजातन्त्र सेनानी संघको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बताएका हुन् ।
सो क्रममा सांसद भण्डारीले नेपाल विश्वभरका हिन्दुहरुको आस्थाको केन्द्र बनाउन नेपाली कांग्रेसले आफ्नो विधानमै नेपाललाई हिन्दुराष्ट्र बनाउने गरि आफ्नो चुनावी घोषणा पत्रमा समेत उल्लेख गर्नुपर्ने बताएका छन् ।
यदि कांग्रेसले आफ्नो घोषणापत्रमा त्यस्तो उल्लेख गरेको खण्डमा कांग्रेसले निर्वाचनमा एक्लै बहुमत ल्याउन सक्ने उद्घोष समेत गरेका थिए । हरेक मुलुकको आ आफ्नो पहिचान हुने भएकाले त्यही विशेषता समेत हुने गरेको उल्लेख गर्दै भण्डारीले नेपालको पहिचान र विशेषता भनेको हिन्दुराष्ट्र नै भएको बताएका छन् ।
अहिलेको अवस्थामा लथालिङ्ग र भद्रगोलबाट मुलुकलाई बचाउनका लागि अर्थतन्त्रमा सुधारका लागि पनि कांग्रेसले बैदिक सनातन धर्मको बाटो अवलम्बन गर्नुपर्ने भण्डारीको भनाई रहेको थियो । धार्मिक पर्यटकीय स्थलले रोजगारी दिनुको साथै अर्थतन्त्र सुधारका लागि टेवा पु¥याएका कारण धार्मिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोडदिनुपर्ने बताउँदै विश्वभरका हिन्दुहरुलाई नेपाल आस्थाको केन्द्र बनाउनुपर्ने र विश्वभरका हिन्दुहरुलाई नेपालको भ्रमण गर्ने वातावरण मिलाउन सकिएको खण्डमा रोजगारी बढ्ने र अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्ने भएकाले गर्दा पनि त्यसका लागि नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिएका थिए । अधिकांश जनताको भावना नेपाल हिन्दुराष्ट्र र प्रदेशसभा खारेजी रहेकाले जनताको भावना अनुसार कांग्रेस अघि बढ्नुपर्ने बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports