linktrix Long Ad
Salt Trading Long Ad

प्रेस चौतारीको दसौँ महाधिवेशन विराटनगरमा हुने

949
shares

 

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । चौतारीको बुधबार बसेको दसौँ सचिवालयको बैठकले केन्द्रीय महाधिवेशनको मिति आगामी फागुन २३, २४ र २५ गतेको लागी कोसी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको छ ।
चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सङ्गठनको दसौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमिति समेत गठन गरेको छ । महाधिवेशन मूल आयोजक समितिको संयोजक अध्यक्ष बस्नेत आफै रहनुभएको छ भने राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन लेखनको जिम्मा उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राई तथा महासचिव हिरामान लामा रहेको उपसमिति गठन गरेको छ ।
महाधिवेशनको प्रचार प्रसार उपसमिति संयोजक उपाध्यक्ष देवीका घर्ती मगरलाई तोकिएको छ । त्यस्तै स्थानीय व्यवस्थापनको जिम्मा कोसी प्रदेश इन्चार्ज तथा सचिव विक्रम लुइँटेललाई जिम्मेवारी ताकिएको छ । बैठकलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले चौतारीको नेतृत्व सर्वसम्मत चयन हुने बताए । उनले सङ्गठनले पत्रकार महासङ्घमा हासिल गरेको उपलब्धिलाई शक्तिमा बदल्दै बलियो सङ्गठन निर्माणमा लाग्न आग्रह गरे ।
त्यस्तै बैठकका प्रमुख अतिथि एवम् जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले महाधिवेशन घोषण गर्ने चौतारी दोस्रो जनसङ्गठन रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports