linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस–एमालेको विकल्प तत्काल देखिएन, ओलीका विरुद्ध दाहालका आक्रोशपूर्ण अभिव्यक्ति

806
shares

 

काठमाडौ । मुलुकका पूराना भनिएका नेपाली कांग्रेस–एमाले र अलिक कान्छो भनिएको माओवादी केन्द्रको अहिलेकै अवस्थामा विकल्प देखिएको छैन । नेपाली कांग्रेस र एमाले मिलेर राजनीतिक परिवर्तन गर्न उनीहरु सफल भएपनि राजनीतिक स्वार्थ र सत्ता मोहकै कारण उनीहरुका विरुद्ध जनता पछिल्लो समयमा विरोधमा उत्रिदै आएका छन् ।
नयाँ भनिएका दलहरु समेत कांग्रेस–एमाले कै बाटोमा हिडेका हुनाले त्यस्ता दलहरुलाई जनताले विश्वास गर्न सकिरहेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले तत्कालिन अवस्थामा टेलिभिजनमा दिएका चर्का अभिव्यक्तिै कारण पार्टी खोल्न सफल भएका र छोटो समयमै संसदको चौथो ठुलो पार्टी बन्न सफल भएका भएपनि अहिले उनी सहकारी ठगी प्रकरणमा करिब २ महिना भन्दा अघिदेखि प्रहरी हिरासतमा रहेका छन् । सस्तो लोकप्रियताको नारा र सरकारको कमजोरीको उजगार जनताको निराशाबाट मात्र उनको पार्टी चौथो ठुलो पार्टी बन्न सफल भएको हो ।
जनताको निराशालाई उनले क्याच गर्न सफल भएका भएपनि सहकारी ठगी प्रकरणले जनतामा उनिप्रति पनि नकारात्मक असर परेको छ । नेताको पृष्ठभूमि त्याग, सिद्धान्त आदिको मेलोमेसो नपाई जनताले रवि लामिछाने र उनले उठाएका उम्मेदवारलाई गैर राजनीतिक रुपमा मतदान गरेका थिए । यस्तै आक्रोश र निराशा अनि आवेशले केही व्यक्तिलाई स्थानीय तहको निर्वाचन पदमा पु¥याईदिएका हुन् । स्थानीय तहमा रहेका स्वतन्त्र व्यक्तिहरुले गर्ने कामको पनि जनताले मूल्यांकन गरिरहेका छन् ।
कांग्रेस–एमाले मिलेर गठन भएको वर्तमान सरकारले जनताको निराशालाई तोड्ने केही प्रयास गरेपनि त्यो प्रयाप्त छैन । जनता महंगी र पिरैपिरमा बाँच्न बाध्य भएका बेला केही व्यक्तिहरुले नेपाला केही हुँदैन, कहिल्यै नेताहरु सुध्रिँदैन भन्ने भाष्य बनाएर जनतालाई भड्काउन लागि परेका हुनाले युवा वर्ग विदेश जान बाध्य भएका छन् । मधेशमा पनि पुराना क्षेत्रीय दलसितको निराशा, नेताहरुको समारोह र काम गराईप्रति आक्रो देखाउँदै जनमत पार्टीलाई जनताले समर्थन गरे ।
मधेशी दलहरुप्रति जनताको आक्रोश र निराशा भएपनि उनीहरुका आफ्ना एजेण्डा मधेशमुखी नै हुन्छन् अथात उनीहरु क्षेत्रीय दलका रुपमा नै बढी केन्द्रीत हुन्छन् । त्यही कारणले गर्दा मधेशवादी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको विकल्पका रुपमा आउन सक्दैन र आउने सम्भावना समेत न्यन रहेको छ । यी दलहरु पनि सत्तामुखी भै आफ्ना एजेण्डालाई ओझेलमा पारेका छन् । सीके राउतको पार्टी प्रति जनता आकर्षित भएपनि पछिल्लो समयमा यो पार्टीको हविगत पनि अन्य मधेशवादी दलहरुकै जस्तो हुँदै गएको छ । राउतको मधेश मसियाको छवि घट्न थालेका हुनाले मधेशमा जनमत बैकल्पिक शक्ति हुन्छ भन्ने आधार देखिएको छैन । नयाँ भनिएका पार्टीहरु पनि भ्रष्टाचार, ठगी, सम्पत्ति शुद्धीकरण जस्ता काण्डमा मुछिएका हुनाले जनताले बाध्य भएर पुरानै पार्टीहरुलाई विश्वास गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
२०६४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लैले झण्डै झण्डै बहुमत ल्याएको थियो । त्यस पछिका निर्वाचनमा माओवादी केन्द्र खस्किँदै गएको र २०७९ मा भएको निर्वाचनमा उसले प्रत्यक्षतर्फ १ सय ६५ सिटमा जम्मा १८ सिटमात्र जित हाँसिल गर्न सकेको थियो, त्यो पनि कांग्रेससँगको गठबन्धनमा । नेपाली कांग्रेस र एमालेको समर्थनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल मुलुकमा तीन पटक प्रधानमन्त्री बन्न सफल भएपनि उनले जनताको हितलाई भन्दा व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थलाई हेरेर अघि बढेका हुनाले माओवादी प्रति पनि जनताको अविश्वास बढ्दै गएको छ ।
कांग्रेस–एमालेलाई पालैपालो धोका दिएपछि कांग्रेस–एमाले मिल्न बाध्य भएका हुन् । कांग्रेस–एमालेलाई मिल्न बाध्य पार्ने व्यक्ति दाहाल नै हुन् । अरुलाई धोका दिँदा रमाउने दाहाल अहिले आफैँ धोकामा परेका छन् । त्यो पनि आफ्नै कारणले ।
कांग्रेस–एमाले मिलेर नेकपा एमालेका अध्यक्ष केपीको नेतृत्वमा सरकार बनेपछि पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीप्रति रुष्ट बन्दै गएका छन् । तर कांग्रेसप्रति नरम हुँदै गएका छन् । दाहाललाई सहयोग गरेका माधव नेपाल, बाबुराम भट्टराई र रवि लामिछाने प्रति उनी नरम रहेका र रवि गृहमन्त्री रहेका बेला सहकारी ठगी सम्बन्धी कुनैपनि उजुर नपरेको भन्दै रविलाई बचाउन तत्कालिन प्रधानमन्त्री दाहालले सरकार संयन्त्रलाई दवाव दिएका थिए । त्यसैगरी ललिता निवास जग्गा काण्डमा मुछिएका माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा नचलाउने निर्णय दाहाल सरकारले नै गरेको थियो । पछिल्लो समयमा रवि, माधव नेपालको समर्थमा फेरी सत्ता हत्याउने खेलमा दाहाल सक्रिय भएका र ओली विरुद्ध हात धोएर लागेका छन् भने उदाहरण त दाहालको अभिव्यक्ति बाटै प्रष्ट हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports