kumari
stcnepal

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८ सयले बढेको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला एक हजार ८४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

footer