linktrix Long Ad
Salt Trading Long Ad

पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटियो

975
shares

विराटनगर । पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ ।

राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैँचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।

‘खोजी गर्ने क्रममा जमिन मुनि गाडिएको अवस्थामा चार वटा सिलिन्डर बम फेला परेको छ, तार पनि छ,’ जोशीले भने,‘ यो बम द्वन्द्वकालकै हो, डिस्पोज गर्ने तयारी हुँदैछ ।’बम रहेको सूचना आएपछि प्रहरीले राजमार्ग बन्द गरेर बमको खोजी गरेको थियो । खोजी गर्ने क्रममा दिउँसो बम फेला पारेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports