भारतको दिल्ली राज्यको मुख्यमन्त्री रेखा गुप्ताले आज शपथ लिदै
वि.सं.२०८१ फागुन ८ बिहीवार ०८:२३
shares
काठमाडौं । नयाँ दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता हुने भएकी छन् ।
बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।विधानसभा निर्वाचनको नतिजापछि पछिल्लो ११ दिनमा गुप्तासहित प्रवेश वर्मा, वीजेन्द्र गुप्तालगायत १० भन्दा बढी मुख्यमन्त्रीको नामको चर्चा रहेको थियो ।
५० वर्षीया गुप्ताले आज दिल्लीको १० औं मुख्यमन्त्रीको शपथ लिनेछिन् । उनले आज अपरान्ह १२ः३५ बजे रामलीला मैदानमा शपथ ग्रहण गर्नेछिन् ।गुप्ता हालै भएको निर्वाचनमा दिल्लीको शालिमार बाग सिटबाट पहिलो पटक विधायक निर्वाचित भएकी थिइन् ।भाजपा २७ वर्षपछि दिल्लीमा सत्तामा आएको हो ।






































